back

राप्रपाले धर्म परिवर्तनलाई निषेध गर्ने

वि.सं.२०७४ वैशाख ५ मंगलवार

153 

shares
NTC AD
Global IME AD

 

५ वैशाख, भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणापछि धर्म परिवर्तन गराउने काम भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित महाकाली अञ्चलस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भएका नगर र गाउँपालिकामा धर्म परिवर्तन गराउने कार्य निषेध गरिने बताउनुभयो ।

उहाँले यही वैशाख ३१ गते हुने निर्वाचनमा मुलुकको वर्तमान अवस्थालाई समीक्षा गरेर मतदान गर्न आग्रह गर्दै भन्नुभयो–‘निर्वाचन जितेको ठाउँमा मावि तहसम्मको अध्ययन निःशुःल्कदेखि बाल विवाह र बहुविवाहमा समेत प्रतिबन्ध लगाइनेछ ।”

उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले मुलुक गम्भीर सङ्क्रमणबाट ग्रसित रहेकाले त्यसको निदानका लागि रोगको कारण खोजेर उपचार खोज्नुपर्नेमा जोड दिनुभयो ।

सभामा राप्रपाका महामन्त्री जयन्त चन्दले स्थानीय तहको निर्वाचनलाई राप्रपाले आफ्ना माग स्थापित गराउने अवसरमा रुपमा लिएको बताउँदै शान्ति र स्थायित्वका साथै संविधान कार्यान्वयनका लागि पार्टी सरकारमा गएको स्पष्ट गर्नुभयो ।
––––––

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०१:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...