back
CTIZAN AD

प्रतिभाको सम्मान, पारसलाई एसपीएको सम्मान

वि.सं.२०८० असार ९ शनिवार

654 

shares

धनगढी । इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ ।
शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

‘नवप्रवर्तक, आविष्कार, उद्यमीहरुलाई प्रोत्साहन गर्नु, उनीहरुलाई अघि बढ्न प्रेरित गर्नु एसपीएको नीति नै हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘यसअघि पनि एसपीएले थुप्रै आविष्कारक विद्यार्थीहरुलाई प्रोत्साहन सहयोग गर्दै आएको छ । पारसलाई पनि हामीले शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गराउने तथा उनका आगामी प्रोजेक्टमा सहयोग गर्ने घोषणा गर्न पाउँदा अन्त्यन्तै खुशी लागेको छ ।’

आफ्नो प्रतिभालाई चिन्दै कलेजको गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे । साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए ।

‘यसअघि पनि एसपीएले मजस्तै आविष्कारक युवाहरुलाई प्रोत्साहन गर्दै आएको सुन्दै आएको थिए । यसपटक मलाई कलेजमै बोलाई यो हौसला दिनुभएकोमा अन्त्यन्तै खुशी लागेको छ,’ पारसले भने, ‘कलेजले मेरो सम्पूर्ण पढाई खर्चसहित आगामी प्रोजेक्टमा पनि सहयोग गर्ने भएपछि एसपीए कलेजसँगको मेरो आगामी यात्राले थप उचाई लिने विश्वास गरेको छु ।’

पारस घरमै डेढ महिनाको समयमा झण्डै १ लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन् । उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त हो । जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ । जसकारण बाइक चोरिने सम्भावना हुँदैन । बाइकमा रिभर्स सिस्टम(पछाडि पनि चलाउन मिल्ने) छ । ६० किलोमिटरको गतीमा चल्न सक्छ । एकपटक चार्ज गरेमा ७० देखि ८० किलोमिटर सम्म बाइक गुड्न सक्छ । यस्तै बाइकको अगाडि डिजिटल डिस्प्ले पनि राखिएको छ । जसमा ब्याट्रीको अवस्था, बाइकको स्पिड, कुँदेको किलोमिटर, लाइट, सिंग्नल आदि महत्वपूर्ण जानकारी हेर्न सकिन्छ ।

बाइक निर्माणमा पारसलाई एसपीएकै विद्यार्थी सोहन कैनी र सागर खनालले सहयोग गरेका हुन् । यसअघि सोहनले कलेजको सहयोगमा इलेक्ट्रिक बाइक तथा सागरले एसपीए इभी मोडल वान कारको निर्माण गरिसकेका छन् ।

वि.सं.२०८० असार ९ शनिवार १४:११ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...