back
CTIZAN AD

बसाइँसराइ रोक्न गाउँमा युवाले सुरु गरे सामूहिक गाईपालन

वि.सं.२०८० असार ९ शनिवार

675 

shares

गल्याङ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन् । गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो । गल्याङ नगरपालिका–९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन् ।

चार युवा कुसुम भण्डारी, विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको सक्रियतामा सञ्चालित मुरी एग्रो गाई फार्म प्रालि, म्युजिकल होमस्टे, सङ्गीत समूह एवं पाठशाला, युवा जागरण कृषि सहकारी, कालिका भगवती मन्दिर पर्यटकीय योजना, साना तथा मझौला व्यवसायबाट धेरै जना स्वरोजगार बनेका छन् ।

गाईपालनमा लागेका युवाले धेरैभन्दा धेरै युवालाई जन्मथलोमा स्वरोजगार बन्न प्रेरणा दिने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छन् । यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेकाहरु गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन् ।

अढाइ वर्ष पहिले सञ्चालित मुरली एग्रो फर्म प्रालि उदाहरणीय भएपछि अध्ययन अवलोकानको थलो बनेको छ । चार युवाले ३० लाख रुपैयाँको लगानी गरेर १३ गाईबाट व्यवसाय सुरु गरेका थिए । हाल फार्ममा होलिस्टन र जर्सी क्रस जातका २८ गाई छन् ।

दुहुना पाँच, ब्याउनी ११, उन्नत साँढे एक, सानो साँढे एक बाँकी बाच्छाबाच्छी र साँढे नलगाएका गाई छन् । मुरली एग्रो फार्मका सञ्चालक कुसुम भण्डारीले हिउँद बर्खा, ७० देखि एक सय ५० लिटरसम्म दैनिक दूध उत्पादन हुने बताए । उनले मासिक रु डेढ लाखदेखि तीन लाखको दूध बिक्री हुने गरेको बताए ।

गेझा कालिका भगवती मन्दिर निर्माण समितिका अध्यक्षसमेत रहेका कुसुमले भौगोलिक विकटाता र अनुभवको कमीले सुरुआती चरणमा समस्या झेल्नुपरे पनि पछिल्लो समय सहज हुँदै गएको बताए । अर्का सञ्चालक विष्णुले बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि युवाको सक्रियतामा गाईपालन, घरबास, सङ्गीत पाठशाला, कृषि सहकारीलगायतका कार्यक्रम सञ्चालन गरेको बताए ।

‘गाउँ बसौँ, गाउँ फर्कौं कार्यक्रमअन्तर्गत बसाइँ सरेर गएकालाई गाउँ फर्काउने अभियानसहित गाईपालन सुरु गरेका हौँ’, उनले भने, ‘गाउँमा भएका प्रत्येक युवालाई कुनै न कुनै उद्यममा जोडिन प्रेरणा दिएका छौँ, फलस्वरुप गाउँमा उद्यम गर्नेहरु बढ्न थालेका छन् ।’

घरबासमार्फत बाहिरका मान्छेलाई गाउँमा भित्र्याउने गरेको उनले बताए । विष्णुले भने, ‘आएका पाहुनालाई सङ्गीतले स्वागत गर्दै दूधका परिकार, स्थानीयस्तरका जैविक खाना खुवाउने गरेका छौँ ।’

अहिले फार्म अवलोकनसहित घरबासमा बस्न आउनेको सङ्ख्या बढ्दो छ । यहाँ गाई फार्मको अवलोकन, गेझा कालिका भगवती मन्दिरको दर्शन, सङ्गीतमा रम्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ‘बसाइँसराइको क्रम डरलाग्दो थियो’, उनले भने, ‘युवा जागरणपछि गाउँमा आर्थिकउपार्जन गर्ने बढेका छन्, दुई अढाई वर्ष भयो बसाइँसराइ रोकिएको छ ।’

नगरपालिकाका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले एग्रो फार्मका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, उन्नत जातको साँढे, गँडेउला मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, उपचारलगायतका सहयोग गरेको बताए । फार्मले जागरण कृषि सहकारी संस्था लिमिटेडमार्फत गाई पकेट कार्यक्रमअन्तर्गत करिब २५ लाख रुपैयाँ अनुदान लिएको अर्यालको भनाइ छ । उनले अघिल्लो वर्ष दूध चिस्याउन, कुराउनी, खुवा बनाउने मेसिन सहयोग गरेकोसमेत अर्याल बताए ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले अमेरिकाबाट प्राविधिक तथा प्रशिक्षक ल्याएर कृषकलाई तालिम, पशुको स्वास्थ्य परीक्षणलगायतका काम नगरपालिकाले गरिरहेको बताए । उनले नमूना कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासो टिपोट गर्ने र सल्लाह दिने गरिएको जनाए । कृषकले ५० प्रतिशत नभएर शतप्रतिशत अनुदानको व्यवस्था गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् । रासस

वि.सं.२०८० असार ९ शनिवार १७:२० मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...