back

नेवाः देय् दबूको छैटौँ महाधिवेशन दाङको घोराहीमा हुने

वि.सं.२०७४ वैशाख ५ मंगलवार

690 

shares

५ वैशाख, काठमाडौँ । नेवारहरूको साझा राष्ट्रिय सङ्गठन नेवाः देय् दबूको छैटौँ बृहत् राष्ट्रिय महाधिवेशन यही वैशाख ८ गतेदेखि दाङको घोराहीमा हुने भएको छ ।

महाधिवेशनमा ६४ जिल्लाका छ सय बढी नेवार प्रतिनिधिको सहभागिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नयाँ सङ्घीय संरचनानुरुप गठन हुने महासङ्घमा सात प्रदेशस्तरीय तथा एक वरिष्ठतमसहित आठ उपाध्यक्षको व्यवस्था गरिएको तथा लैङ्गिक दृष्टिकोणबाट प्रतिनिधित्वमा सन्तुलन तथा समावेशिताको सुनिश्चितता गरिएको छ ।

दबूका अध्यक्ष नरेशमान ताम्राकारले ६४ जिल्लामा छरिएर रहेका नेवार दाजुभाइ तथा दिदीबहिनीलाई सङ्गठित रुपमा जागृत गर्ने उद्देश्य रहेको बताउनुभयो । सचिव जितेन्द्रविलास वज्राचार्यले आफ्नो सङ्गठनको मूल उद्देश्य पहिचानसहितको सङ्घीयताको प्राप्ति नै हो भन्दै ‘हालै जारी भएको संविधान अधुरो र अपूरो भएकाले’ आन्दोलनको विकल्प नभएको बताउनुभयो ।

कोषाध्यक्ष विजयरत्न बज्राचार्यले सङ्गठनलाई स्थानीय तहसम्म विस्तार गरी अधिकतम् नेवार समुदायलाई गोलबन्द गर्न महाधिवेशन ऐतिहासिक हुने बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०१:५८ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...