back
CTIZAN AD

घाँस काटेर फर्किने क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु

वि.सं.२०८० असार ९ शनिवार

690 

shares

दाङ । दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

उनका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।

त्यस्तै केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो । उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

वि.सं.२०८० असार ९ शनिवार २१:३७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...