back

एमालेले निर्वाचन सहयोग समिति गठन गर्ने

वि.सं.२०७४ वैशाख ५ मंगलवार

417 

shares
IME Limited
NTC AD

 

५ वैशाख, काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा सोमबार बसेको मोर्चा सङ्गठनको बैठकमा सबै जनसङ्गठनले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो सङ्गठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गतेभित्रमा सुझाव तथा अवधारणा पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सबै जनसङ्गठनलाई निर्वाचनको तयारी तथा प्रचारप्रसारको काममा परिचालन गर्न निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।

यसैगरी बैठकले यही वैशाख २० गतेसम्ममा सबै जनसङ्गठनले निर्वाचनसम्बन्धी अपिल लगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा पु¥याइसक्ने निर्णय गरेको छ ।

पार्टी सचिव तथा मोर्चा प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गरी सो निर्णय गरेको हो । रासस

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०२:२० मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...