back
CTIZAN AD

अराजक समूहलाई करबाही गर्न लघुवित्तकर्मीको सरकारलाई ध्यानाकर्षण

वि.सं.२०८० असार १२ मंगलवार

741 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध गतिविधि गर्दै हिड्ने अराजक समूहलाई कार्वाही गर्न लघुवित्तकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

लघुवित्त बैंकर्स संघले प्रधानमन्त्रीलाई पत्र लेखेरै शान्ति सुरक्षाको माग गरेको छ । संघले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको थियो ।

अहिले देशव्यापि रुपमा खास गरि लघुवित्त विरुद्ध अन्दोलनभन्दै एउटा समूह सकृय छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जुन समूहले ६० लाख घरपरिवार तथा ३३ लाख ग्रामिण महिला आवद्ध लघुवित्तलाई बदनाम गराइरहेको छ ।

सोमबार नै बैंक तथा वित्तीय संस्था सम्बद्ध सबैं संघले पनि संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अराजक समुहको गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

फेरि सल्बलाउन थाल्यो वित्तीय संस्थाविरुद्धको संगठित समूह

केही समय अघि सक्रिय रहेर रहेको वित्तीय संस्था विरुद्ध संगठित समुह फेरि सक्रिय हुन थालेको छ । यो समूहले सोमबार मात्र पूर्वी नेपालको इटहरी तथा विर्तामोडमा रहेका केही बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुका शाखामा प्रवेस गरि शाखा संचालनमा अवरोध गरेको संघले जनाएको छ ।

कर्मचारीहरुलाई धम्क्याउने, सेवा ग्राहीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकाप्रति बैंक तथा वित्तीय संस्था सम्बद्ध चार वटै संघले निन्दा गरेका छन् ।

त्यस्तै उनीहरुले सुरक्षा निकाय समक्ष यथाशिघ्र आवश्यक कदम चालि शाखा संचालन गर्ने वातावरण बनाउन र कर्मचारी तथा ग्राहकको सुरक्षाको मागसमेत गरेको छ ।

वि.सं.२०८० असार १२ मंगलवार १७:३३ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...