back
CTIZAN AD

किन फुट्यो आहुतिको वैज्ञानिक समाजवादी पार्टी ?

वि.सं.२०८० असार १२ मंगलवार

1.3K 

shares

काठमाडौैं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विभाजित भएको छ । आहुतिसहित पाँच जना रहेको पार्टीको केन्द्रीय कार्यालयका सदस्य आशिष लिम्बुको नेतृत्वमा केन्द्रीय समितिका २३ जनाले उक्त पार्टीबाट विद्रोह गरेका हुन् ।

पार्टीले लिएको नीति द्वैद र भ्रमपूर्ण रहेको आरोप लगाउँदै लिम्बुको नेतृत्वमा पार्टी विभाजित बनेको हो । विभाजित समूहले सोमबार नै वैज्ञानिक समाजवादी मोर्चाको घोषणा गरेका छन् ।

“त्यो दस्तावेजलाई क्रान्तिकारी बनाइनु पर्दछ भनी पटक–पटक बैठकहरूमा राख्दा उल्टै प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरू मात्र भएका कारण हामी क्रान्तिकारी कमरेडहरूले आजको मितिदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँगको सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ”, संयोजक आशिष लिम्बु र प्रवक्ता डि.बि. सर्वश्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजनैतिक, वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै जानु, जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु, संघीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरू खारेज गर्दै जानुले आफू पार्टीबाट बाहिरिएको उनीहरुको तर्क छ ।

वि.सं.२०८० असार १२ मंगलवार १७:५२ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...