back
CTIZAN AD

अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

वि.सं.२०८० असार १२ मंगलवार

849 

shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर शाहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आइतबार सर्वोच्चमा अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरूद्ध निवेदन दिएकी थिइन्।

उक्त रिटमाथि सुनुवाइका लागि आइतबार र सोमबार पेसी पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।

मेयर शाहले बलिउड फिल्म ‘आदिपुरुष’को विवादित विषयलाई लिएर काठमाडौंभित्र उक्त फिल्म र अन्य हिन्दी फिल्म पनि चल्न नदिने घोषणा गरेका थिए । मेयर बालेनको उक्त घोषणाप्रति असहमत फिल्म हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिट दायर गरेका थिए । जसमाथि अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आफ्नो निर्णय रोक्न उच्च अदालतले आदेश दिएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमार्फत उक्त निर्णय नमान्ने बताएका थिए । उनले  ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ, जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भन्दै अदालतकाे फैसलाविरूद्ध चुनाैति दिएका थिए ।

वि.सं.२०८० असार १२ मंगलवार १८:०८ मा प्रकाशित

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...