back
CTIZAN AD

भ्रष्टाचारविरुद्धको अभियानमा प्रचण्डले मागे दलहरुको सहयोग

वि.सं.२०८० असार १३ बुधवार

726 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान छेडिएको बताएका छन् । प्रधानमन्त्रीले विकृतिविरुद्धको यो लडाइँमा राजनीतिक दल, सांसद र आम जनताको सहयोग मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, “वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको महसुस गरेको छु, यो लडाइँमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छु, कुनै पनि मूल्यमा विकृतिका विरुद्धको यो लडाइँ अगाडि बढाइनेछ ।”

विकृतिविरुद्ध सरकारले छेडेको अभियानले लोकतन्त्रको सर्वोच्चतालाई कायम गरेको बताए । उनले उच्च पदस्थ कानुनभन्दा माथि हुन्छन् भन्ने मान्यता अन्त्य भएको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले गरेको सबैभन्दा ठूलो अनुसन्धान हो, यो सफल अनुसन्धानबाट कानुनको सर्वोच्चता मात्रै कायम गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ”, प्रधानमन्त्रीले भने, “लोकतन्त्रभित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रमा नै हुन्छ भन्ने यसपटक राम्रोसँग स्थापित भएको छ, उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ ।”

वि.सं.२०८० असार १३ बुधवार १३:०५ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...