स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन । सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन ।
नवनिर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सहमहामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा बिरु गुरूङ र सदस्यहरु कातियानी न्यौपाने, बिजय शर्मा “दर्पण”, रेशम खत्री र दिपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महतो र प्रवक्तामा सदस्य बिजय शर्मा “दर्पण” लाई सर्बसम्मतिले मनोनित गरेको हो ।
नेपालको चितवन जिल्लामा जन्मेका अध्यक्ष सापकोटा बिगत १५ बर्षदेखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल, बिशेष अतिथिमा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटनदूत चिन्तामणी सापकोटा,जनसम्पर्क समिति स्विट्जरल्याण्ड पूर्वअध्यक्ष गुणराज शर्मा रहेका छन् ।
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सलाहकार हरि पौडेलका साथै पर्यटनदूत कमल भट्ट, गैरआवासीय नेपाली संघ स्विसका अध्यक्ष हिराबल गुरुङ, प्रबाशी नेपाली मंच स्विसका अध्यक्ष संजय मुडवरी, जनप्रगतिशिल मंच स्विसका अध्यक्ष श्याम घले, बर्न समाजका अध्यक्ष बिष्णु थापा, नेपाल पत्रकार महासंघ युरोपका संस्थापक अध्यक्ष ददी सापकोटा लगायतका अतिथिहरुले अधिबेशनको सफलताको लागि शुभकामना मन्तब्य दिनु भएको थियो ।
वि.सं.२०७४ वैशाख ५ मंगलवार ०५:३५ मा प्रकाशित


























