काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै विपक्षी दलहरुलाई पत्र पठाएका छन् । विश्वासको मत लिनअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी दलहरुलाई मत दिन आग्रह गर्दै पत्र पठाएका हुन् ।
कार्की आबद्ध नेकपा (एमाले)सँग ४० सांसद छन् । कार्की नेतृत्वको सरकारमा छ सिटे राप्रपा पनि छ । तर, उनलाई बहुमत पुर्याउन जम्मा एक सांसदको आवश्यकता पर्दछ ।
कार्कीले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटक–पटक सरकार परिवर्तनको खेल हुन नदिनका लागि यही सरकारलाई निरन्तरता दिन आग्रह गरेका छन् । जनतामा निराशाको अवस्था उत्पन्न हुन नदिन पनि सरकारलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।
विपक्षी दलहरुलाई लेखेको पत्रमा उनले सरकार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न आफू तयार रहेको उनले बताएका छन् ।

याे पनि…
वि.सं.२०८० असार १४ बिहीवार १२:४९ मा प्रकाशित





























