back
CTIZAN AD

आज कालीगण्डकीमा स्नान गर्नेको भीड

वि.सं.२०८० असार १४ बिहीवार

675 

shares

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

जिल्लाका प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणी, पुर्तिघाट, गोपाङ, नयाँपुललगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमस्थलका रूपमा रहेको मोदीवेणीघाटमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुको घुइँचो लागेको छ ।

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा साविक धवलागिरि, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा–टाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजाराँैको सङ्ख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पाल्पालगायत जिल्लाबाट श्रद्धालु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ ।

हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर–घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन पनि रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

वि.सं.२०८० असार १४ बिहीवार १४:२४ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...