काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ ।
संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने उक्त बैठकमा ‘आर्थिक विधेयक २०८०’ माथि छलफल हुने तथा अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल, निर्णायार्थ प्रस्तुत र अर्थमन्त्री डा महतले उक्त विधेयकलाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

वि.सं.२०८० असार १७ आइतवार ०८:५२ मा प्रकाशित






























