Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

पहिले कार्ययोजना अनि मात्र उम्मेदवारको टिकट



५ बैशाख, खोटाङ- पहिले कार्ययोजना अनि मात्र उम्मेदवारको टिकट स्थानीय तहको चुनाव नजिकिएसँगै उम्मेदवार छनोट गर्न दलहरुभित्र आन्तरिक छलफल तीव्र भएको छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छान्न दलहरु आन्तरिक तयारीमा जुटेका हुन् ।

यही क्रममा नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दाबी गर्ने उम्मेदवारले अनिवार्य कार्ययोजना पेस गर्नुपर्ने मापदण्ड बनाएको छ । भावी मेयर र उपमेयरले सिङ्गो नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिक परिवर्तन गर्ने दक्षता राख्नुपर्ने भएकाले उम्मेदवारको क्षमता पहिचान एवम् योग्य व्यक्ति छान्नका लागि छुट्टै मापदण्ड बनाइएको जिल्ला अध्यक्ष बबी चाम्लिङले बताउनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सदरमुकाम दिक्तेलमा रहेको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवार छान्न आइतबारदेखि सुरु गरिएको बैठकमा मेयर र उपमेयरमा दाबी गर्ने हरेक उम्मेदवारलाई तीन–तीन मिनेटको कार्ययोजना पेस गर्न लगाइएको छ । रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि नौजना र उपमेयरका लागि सातजना आकाङ्क्षी देखिएका छन् ।

मेयरमा महिलाका तर्फबाट उम्मेदवारी नै नपरेको एमाले स्रोतले जनाएको छ । मेयर र उपमेयरका आकाङ्क्षीले नगरपालिकाको आर्थिक, सामाजिक, राजनीतिक र भौतिक क्षेत्रमा परिवर्तन गर्न सकिने सम्भावनासहितको कार्ययोजना बारेमा प्रतिबद्धता जनाउँदै उम्मेदवारका रुपमा दाबी गरेका छन् ।

एमाले नगर कमिटीको निर्णयअनुसार आकाङ्क्षीबाट नगरपालिकाको परिवर्तनका सवालमा पाँच वर्षभित्र गर्न सकिने र बहुवर्षीय कार्ययोजना माग गरिएको हो । “मेयर र उपमेयरको उम्मेदवार बन्छु भनेरमात्र हुँदैन,” अध्यक्ष चाम्लिङले भन्नुभयो – “उम्मेदवार जोसुकै छानियोस् तर, मेरो नगरपालिकालाई यस्तो बनाउँछु भन्ने योजना पनि चाहियो नि । त्यही भएर भिजन पेस गर्न लगाइएको हो ।”

मेयर र उपमेयरका आकाङ्क्षीबाट रुपाकोट मझुवागढीमा रिङरोड निर्माण, स्वर्ण रुपाकोट मझुवागढी चक्रपथ निर्माण, नमुना नगरपालिका, उद्योगको स्थापनालगायतका कार्ययोजना पेस भएको स्रोतले जनाएको छ ।

मेयरका लागि देवविक्रम राई, कुमार आचार्य, दीपनारायण रिजाल, जलशेर राई, वीरबलकाजी राई, भागवत घिमिरे, उपिनकुमार राई, गोपालचन्द्र आचार्य र रमेश परियारले दाबी गरिरहनु भएको छ । उपमेयरमा बिनादेवी राई, अनिशा खनाल, सङ्गीता राई, पूर्णकला तामाङ, गोमा खत्री, गङ्गारेखा राई र निर्मला आचार्यले दाबी गर्नुभएको छ ।

यस नगरपालिकामा अन्य पार्टीको पनि अहिलेसम्म उम्मेदवार टुङ्गो लागेको छैन । सबै दलले सहमतिका आधारमा वैशाख ७ गतेभित्र उम्मेदवार टुङ्गो लगाउने जनाए पनि आकाङ्क्षीको सङ्ख्या धेरै देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्