Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियन्स लिगको महा भिडन्त, कसले मार्ला बाजी ?



 ronaldo५ बैशाख, काठमाडौं ।  च्याम्पियन्स लिगको क्वाटर फाइनलको दोश्रो लेग अन्तर्गतको आज राति १२ः३० बजे घरेलु टोली रियल म्याड्रिड र बार्यन म्युनिख भिड्दै छन् ।
होम एन्ड र अवेको आधारमा हुने खेलको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको थियो । त्यसमा घरेलु टोली बार्यनले २–१ को नमिठो हार बेहोरेको थियो । आजको खेलमा रियलका लागि घरेलु मैदानमा समर्थकको साथ र पहिलो लेगमा जितको उत्साह दुवै हुनेछ । उता अवे टोली बार्यनलाई पनि पहिलो लेगको हारको बदला लिने सुर्वण अवसर छ ।
सन् २०१४ मा रियललाइ च्याम्पियन्स लिगको ट्रफि जिताएका कार्लोइन्सेलोट्टी (हालका बार्यनका प्रशिक्षक) रियल छाडेपछि पहिलोपटक सान्टियगो बर्नेबाउमा जाने हुँदा यो खेललाई अझ विशेष महत्वको रुपमा हेरिएको छ ।
चोटका कारण पहिलो लेग गुमाएका बार्यनका रोर्बट लेबोन्डेस्कीको आगमनले जर्मन टोलीमा ठूलो उत्साह छाएको छ । तथापि अवे टोली बार्यनलाई रक्षकद्धय जेरोमी बोइटाङ र म्याट हमेल्सको चोटले भारी मुल्य चुकाउनु पर्ने हुन सक्छ । उता स्पेनीस जायन्ट्स रियललाई पनि स्टार फवार्ड ग्यारेथ वेलको चोटलाई प्रमुख समस्याका रुपमा लिन सकिन्छ ।
घरेलु टोलीलाई राम्रो खेल खेलेर सेमि फाइनलमा जाने गतिलो अवसर छ । उता अवे टोली वार्यनलाई पनि पुनरागमनसहित रियललाई उसकै मैदानमा हराएर बदला लिने तथा सेमिफाइनलमा जाने अवसर छ । तर्सथ यो खेललाई युरोपेली क्लव फुटवलको महा भिडन्तको रुपमा हेरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी