५ वैशाख,काठमाडौँ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्कक जानुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको पाइएको छ ।
अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका अनुसार पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कनुहुने छ । उहाँ गत चैत २६ गते त्यसतर्फ जानुभएको थियो । उहाँका साथ पत्नी राधिका र निजी चिकित्सक डा दिव्या सिंह हुनुहुन्छ । अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक स्थगन भएको थियो । रासस