back

७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य

वि.सं.२०७४ वैशाख ६ बुधवार

612 

shares

६ बैशाख, तिलोत्तमा,रुपन्देही। ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ ।

जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको विकट गाविसमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र धकघही, मैनिहवा, पडसरी लगायतका गाविसका बालबालिकाहरु विद्यालय भर्ना हुन सकेका छैनन् ।

ती क्षेत्रमा बसोबास गर्ने मुहसर, पथत्करकट्टा जस्ता पिछडिएका जातिका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेकाले विद्यालयमा ल्याउन यही शैक्षिक सत्रदेखि विशेष छात्रवृतिको व्यवस्था समेत गरिएको छ ।

जिल्लामा अहिले बाल विकास केन्द्रअन्र्तगत सामुदायिक विद्यालयतर्फ १० हजार ६७७ बालबालिका अध्ययनरत छन् भने संस्थागत विद्यालयतर्फ २३ हजार ७९९ बालबालिका रहेका छन् । तिनीहरुमध्ये कम्तीमा १० हजार कक्षा १ मा भर्ना हुने अनुमान गरिएको थापाले बताउनुभयो ।

बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसहित भर्ना अभियान सञ्चालन गरिएको बुटवल १३ देवीनगरमा रहेको नवीन औद्योगिक माविका प्राचार्य प्रेम बस्नेतले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीले भर्ना अभियानलाई सार्थक बनाउन पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्ट ठाउँ ठाउँमा राखेर प्रचार गरिरहेको छ । स्थानीय भाषा खासगरी अवधी भाषा प्रचार सामग्रीहरु छापिएका छन् ।
भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम कार्यक्रम सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवल तथा भैरहवा जस्ता सहर पनि ठूल्ठूला शैक्षिक संस्थाहरु रहेका छन् । थापाले सहरभित्र पनि होटलमा काम बाल मजदुर र सडक बालबालिकाहरुलाई विद्यालय ल्याउन लागि प्रयास गरिएको बताउनुभयो ।

रुपन्देहीमा हाल २३९ वटा प्राथमिक विद्यालय सञ्चालित छन् जसमा सामुदायिक १३८ र निजी १०१ छन् ।

वि.सं.२०७४ वैशाख ६ बुधवार ०३:३४ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...