back

कैलालीबाट ६८९ प्रतिनिधि निर्वाचित हुने

वि.सं.२०७४ वैशाख ६ बुधवार

576 

shares

६ वैशाख,कैलाली । स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा १४ तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा १२ जना प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।
वडाध्यक्षमा १ सय २६ जना प्रतिनिधि छानिने छन् भने १३ वटा स्थानीय तहका १ सय २६ वडाबाट ५ सय ४ सदस्यका लागि बिभिन्न राजनितीक दलहरुबीच प्रतिस्पर्धा हुनेछ ।

स्थानीय तहको निर्वाचनबाट २ सय ५२ महिला प्रतिनिधि चुनिने छन् र २ सय ५२ खुल्लाबाट प्रतिनिधि छानिने छन् । क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख मोहन प्रसाद अर्यालका अनुसार १ उपमहानगरपालिका र ६ नगरपालिकाबाट ३ जनाका दरले २१ र ६ गाउँपालिकाबाट २ जनाका दरले १२ गरी ३३ दलित तथा अल्पसङ्ख्यक सदस्य छानिने छन् ।

गोदावरी नगरपालिकामा ४० हजार १ सय ४५, लम्की चुहा नगरपालिकामा ३९ हजार २ सय ३५, घोडाघोडी नगरपालिकामा ३९ हजार ६ सय ८१, टीकापुर नगरपालिकामा ३९ हजार १ सय ९२ गौरीगंगा नगरपालिकामा २८ हजार ४ सय ७९ र भजनी नगरपालिकामा २६ हजार ९ सय ५२ मतदाता रहेका छन् ।

वर्दगोरिया गाउँपालिकाबाट १५ हजार ७ सय, मोहन्याल गाउँपालिकाबाट ९ हजार २ सय १७, कैलारी गाउँपालिकाबाट २९ हजार ९ सय ८७, चुरे गाउँपालिकाबाट ९ हजार ७ सय ४६, जानकी गाउँपालिकाबाट २७ हजार ४ सय ५८ र जोशिपुर गाउँपालिकाबाट १९ हजार ३ सय ५५ जनाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने छन् ।

प्रतिनिधि छनोटका लागि कैलालीका ४ लाख ३ हजार २ सय ८० जनाले मतदान गर्नेछन् । धनगढी उपमहानगरपालिकामा मात्रै ७३ हजार ८ सय ११ मतदाता रहेका छन् ।

वि.सं.२०७४ वैशाख ६ बुधवार ०३:३८ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...