कुवेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । अर्घाखाँची सन्धीखर्क नगरपालिका वांग्ला ९ की ३० वर्षीया जमुना पाण्डेको गाडीको ठक्करबाट ज्यान गएको हो ।
कुवेतको साल्मिया स्थित गल्फ रोड क्रस गर्ने क्रममा १६ अप्रिलका दिन लेवनानी नागरिकले चलाएको गाडीको ठक्करबाट घाइते भएकी उनको मुबारक कबिर अस्पतालमा उपचारका क्रममा १८ अप्रिलका दिन मुत्यु भएको हो ।
दुईवर्ष अघि कुवेत पुगेकी जमुना कुवेतको हयात रिजेन्सीमा कार्यरत थिइन्, उनका श्रीमान विष्णु प्रसाद भुजेल पनि सोहि होटलमा कार्यरत रहेको बताइएको छ ।
वि.सं.२०७४ वैशाख ६ बुधवार १०:५६ मा प्रकाशित

























