Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

वार्साले फेरि पनि नतिजा उल्ट्याउला त ?



match६ बैशाख, काठमाडौं । च्याम्पियन्स लिगको सेमिफाइनलको समिकरण आज पूरा हुँदैछ । यसअघि स्पेनिस क्लवहरु रियल म्याड्रिड र एट्लेटीको म्याड्रिडले अन्तिम चारमा आफ्नो नाम दर्ता गराइसकेका छन् ।
यस्तै आज राति १२:३० बजे अर्को स्पेनिस महारथी बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा इटलियन पावर हाउस युभेन्ट्सको सामना गर्दैछ ।
क्वाटर फाइनल अन्तर्गतको पहिलो लेगमा युभेन्ट्ससँग ३–० को पराजय भोगेको बार्सिलोनाले अर्को चरणमा जान नतिजा उल्ट्याएर उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ । च्याम्पियनसिप अन्तर्गतको अन्तिम १६ को खेलको पहिलो लेगमा पिएसजीसँग ४–० को हार बेहोरेको वार्साले दोश्रो लेगमा ६–१ को नतिजा उल्ट्याउदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो । त्यसैले आजको खेलमा पनि जादुइ प्रदर्शन गरेर फेरि पनि आफूहरुलाई उत्कृष्ट सावित गर्ने अवसर छ ।
स्टार फरवार्डत्रय मेसी, स्वारेज, नेमार (एमएसएन) को मदतबाट फेरि पनि अर्को जादुयी यात्रा तय गर्छ भन्ने धेरै फुटवल समर्थकको विश्वास छ ।
उता सन २०१५ को च्याम्पियन्स लिगको फाइनलमा वार्सासँग हारेको युभेन्टसलाई उसकै घरले मैदानमा हराएर बदलासहित सेमिफाइनलमा जाने ठूलो अवसर छ ।
३९ वर्षीय भेट्रान किपर जियानलुईजी वुफनको उत्कृष्ट गोलरक्षा, विश्वकै उत्कृष्ट रक्षक पंक्ति, सन्तुलित मिडफिल्ड, उत्कृष्ट फरवार्ड लाइन रहेको युभेन्ट्समा डिवेला, हिगुइन, चिलेनी, बोनुच्ची जस्ता उत्कृष्ट खेलाडीहरुको संयोजन रहेको युभेन्ट्स पनि निक्कै बलियो तथा संतुलित प्रतिद्धन्द्धी मान्न सकिन्छ ।
घरेलु मैदानमा असम्भव प्राय नतिजा उल्टाउने बानी परेको वार्सा र सन्तुलित टिम युभेन्ट्सवीचको यो खेललाई युरोपेली फुटवलको महाभिडन्तको रुपमा हेर्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए

काठमाडौं । अबैधरुपमा लुकाएर डलर, युरो र पाउण्ड विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा

२७ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत