back

जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

वि.सं.२०८० साउन ५ शुक्रवार

765 

shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।
एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ । समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ । बैठकमा जनवर्गीय सङ्गठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टीको महाधिवेशनलगायत मुद्दामा छलफल भएको पोलिटब्यूरो सदस्य पन्तले बताइन्।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन ५ शुक्रवार १०:१९ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...