back

एनआरएनए अमेरिकाको अध्यक्षका उम्मेदवारहरु शुक्रबार एउटै मञ्चमा

वि.सं.२०७४ वैशाख ७ बिहीवार

633 

shares

 

nrna-usa-in-debate

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैरराजनीतिक तथा ग़ैर नाफा मूलक संस्था – भिजन फ़र नेपाल फ़ाउण्डेशनले आगामी शुक्रवार कार्यक्रमको आयोजना गर्ने गत अप्रिल १९ तारिखका दिन बिज्ञप्ति द्वारा जानकारी गराएका छन् l 

 आगामी अप्रिल २१, २०१७ का दिन सांझ ५ बजे देखि ७ बजे सम्म डीसी महानगर क्षेत्रको भर्जिनियाको भियनामा बहस कार्यक्रम गर्ने छ भने युनाईटेड नेपलिज फेलोशिप नामक अर्को एक सामाजिक संस्थाको सहयोगमा पूरा गरेको छ । बहसलाइ निष्पक्ष, स्वतन्त्र एवं  प्रभावकारि ढगंले सम्पन्न गर्नका लागि कमिसन अन प्रेसिडेनसिएल डिबेट सगं सहकार्य गरेको ब्यहोरा जानकारी गराएको छ l 

 बहसमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा, केशव पौडेल, कृष्ण पोख्रेल, राम पोख्रेल तथा गौरी जोशी सहभागि हुने जनाएका छन् l  अध्यक्ष पदका अर्का प्रत्याशी दूर्गा दाहालले आफुले यस पटक उम्मेदवारी नदिने कुरा आयोजकलाई स्पष्ट पारेका छन् l 

 यसै गरि सामाजिक संजाल फ़ेसबुकमार्फ़त आफ्नो उम्मीदवारी घोषणा गर्नु भएका डिल्ली भट्टराइ तथा टेम्बा शेर्पा सगं  भिजन फ़र नेपाल फ़ाउण्डेशनका प्रतिनिधिले उपस्थितीका बारेमा सम्पर्क गर्ने कोशिस असफल रहेका जनाएको छ l तर अध्यक्ष का प्रत्याशीहरूलाई अहिलेको सूचीमा राख्न असमर्थ भए पनि उम्मेद्वारहरु बहसका लागि उपस्थित भएको खण्डमा सहभागि गराइने ब्यहोरा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l 

 विश्व मै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाई  मध्यनजर गर्दै उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरूलाइ आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको थियो भने नेपालीहरूलाइ आफ्नो नेता छान्नको लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो।

 यसै बिच एनआरएन का सस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्व अध्यक्ष जीवा लामिछानेले बहस कार्यक्रमलाइ भिंडियो सम्बोधन गर्ने तय भएको छ। यो बहसले मतदाताहरूलाई आफ्नो योग्य प्रतिनिधी छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ।

 ९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन्। बहस कार्यक्रम स्थानीय टी भि बाट प्रत्यक्ष प्रसारण हुनुका साथै बिभिन्न सामाजिक संजालहरूबाट समेत प्रसारण गरिने भएको छ l 

 बहस कार्यक्रममा सहभागि हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशन सम्पूर्ण नेपाली  दाजुभाइ दिदीबहीनिहरूलाई हार्दिक अनुरोध गर्दछ। बिविध कारणवश बहसमा प्रत्यक्ष सहभागि हुन नसक्ने  दाजुभाइ दिदीबहीनिहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू [email protected] मा पठाएर सहयोग गर्न सक्नुहुनेछ।

  कार्यक्रम स्थान:

 8925 Leesburg Pike

Vienna, VA 22182 को Community Hall C 

(ground Floor)

वि.सं.२०७४ वैशाख ७ बिहीवार १४:४८ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...