back

एकीकृत समाजवादीको बैठक सर्यो, सचिवालय बैठक साउन १९मा बस्ने

वि.सं.२०८० साउन १५ सोमवार

1.4K 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सबै तहका बैठकहरू केही दिन पछि सारेको छ । यसअघि समाजवादीले सचिवालय बैठक आज बसेर अन्य तहको बैठकको मिति तय गर्ने बताएको थियो । तर, सबै तहका बैठकको नयाँ मिति तय गर्दै सचिवालय बैठक पनि पछि सारेको छ ।

तयारी नपुगेको र प्राविधिक कारण भन्दै समाजवादीले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरूको पछि सार्दै नयाँ मिति तय गरेको हो ।

नयाँ मिति अनुसार सचिवालय बैठक यही साउन १९ गते चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजे, स्थायी कमिटी २० र २१ गते बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगर, पोलिट ब्युरो भदौ ३ र ४ गते ११ बजे पार्टी कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म कान्तिपुर गार्डेन ब्यांक्वेट ललितपुरमा हुने जनाइएको छ ।

वि.सं.२०८० साउन १५ सोमवार ०९:०८ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...