८ वैशाख,सोलुखुम्बु, । सोलुखुम्बुमा बिहीबार लडेर दुईजनाको मृत्यु भएको छ ।
सदरमुकामस्थित सोलुदूधकुण्ड नगरपालिका–९ का ३० वर्षीय आङ फुर्वा तामाङको घर नजिकै खोल्सामा लडेर बिहीबार साँझ ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै बिहीबारै महाकुलुङ गाउँपालिकाका ३२ वर्षीय कुमार राईको खुम्बुपासाङ ल्हमु गाउँपालिकामा लडेर ज्यान गएको छ । खुम्बुपासाङ ल्हमु गाउँपालिकाअन्तर्गत खुम्जुङमा मजदुरी गरेर बस्दै आएका राई घर फर्कने क्रममा बाटोमा लडेर ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो ।