साझा सदभाब समुह कतारले विभिन्न पाँच समूह विस्तारित गर्दै पहिलो भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । दोहास्थित एक हलमा आयोजित उक्त भेला तथा परिचयात्मक कार्यक्रमको प्रमुख अतिथिमा समूहका संयोजक राजनकुमार सापकोटा रहेका थिए भने सभापतित्व समूहका अग्रणी ब्याक्तीत्व तथा तत्कालीन समयमा स्थापनार्थ तल्लीन ब्यक्तीत्व नारायण बिष्टले गरेका थिए । त्यसैगरी पाँचै समूहका संयोजक तथा उपसंयोजकहरु बिसेस अतिथी रहेका थिए भने विभिन्न इकाईहरुबाट उपस्थित समूहका सम्पूर्ण सदस्यहरु अतिथि रहेका थिए ।
सबै इकाईका संयोजक तथा उपसंयोजकहरुले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए । मन्तव्यमा सबैले साझारुपमा एकै भाव वर्तमान राजनिती र सरकारप्रति रुष्टता अनि साझा सदभाबप्रति नम्रता प्रकट गरेका थिए । उनीहरुले रबिन्द्र मिश्रप्रति ठूलो आसा तथा सपनाहरु देखाए । बिभिन्न तह र तप्काका ब्यक्तीत्वहरु साझा सद्भाब समूह कतारमा आबद्ध छन् । बिभिन्न ईलाका क्षेत्रमा उनिहरुले एक एक समूह बनाउँदै अहिलेसम्म पाँच समूह स्थापना गरिसकेका छन् ।
यसै बिच उदयमान हुदै गरेको साझा पार्टीप्रति सर्बसाधरण तथा देश बिदेशबाट जुट्ने क्रम दु्रत गतिमा भईरहेको छ । एक आसलाग्दो किरण बनेर चम्कीरहेका छन् रबिन्द्र मिश्र । उनको राजनीतिक अभियानलाई साथ दिँदै देश तथा बिदेशमा यस्ता खालका समूहहरु गठन गर्ने काम अगाडि बढेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजनकुमार सापकोटाले बर्तमान राज्यव्यवस्था र बर्तमान राजनैतिक परिपाटीले देश पचासौँ बर्षसम्म पनि नबन्ने भन्दै साझा पार्टीको चार बुँदा चार खम्बा रहेको जनाए । पद्धती, पारदर्शिता, ईमान्दारी उत्कृष्टताको ब्याख्या गर्दै सापकोटाले देशमा अहिलेको व्यवस्थाको अन्त गर्नुपर्ने र नयाँ धारको सुरुवातको बिन्दु साझा पार्टी भएको बताए ।
कार्यक्रम साँझ ७ बजे अबेर सुरु भई रात्रिभोज सँगै मध्यरातमा समाप्त भएको थियो । कार्यक्रमको सञ्चालन राजन दाहालले सञ्चालन गरेका थिए ।