back

माओवादीले लुम्बिनी प्रदेशमा तीन चरणमा कार्यक्रम गर्ने, कहाँ कस्ले जिम्मा पाए ?

वि.सं.२०८० साउन ३२ बिहीवार

291 

shares

तुलसीपुर (दाङ) । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।

अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताए । प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३ वडामा पार्टी सङ्गठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यलाई परिचालन गर्ने र जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्य आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनालाई परिचालन गरी ‘घरघरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने छ । अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्यूठानको संयोजकमा निर्मल आचार्य, रुकुमपूर्वको संयोजकत्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेब क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ ।

त्यस्तै नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलबस्तुमा महेश्वर गहतराज, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णकुमारी सुवेदीलाई संयोजक तोकिएको छ । त्यस्तै जगप्रसाद शर्माको नेतृत्वमा अनुगमन तथा प्रशिक्षणको टिम निर्माण गरिएको छ ।

 

वि.सं.२०८० साउन ३२ बिहीवार १५:०२ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...