Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

एमालेद्वारा कुश्मा नगरपालिका प्रमुखमा दुईको सिफारिस



९ वैशाख,फलेवास (पर्वत)  । यही वैशाख ३१ गते हुनेस्थानीय तहको निर्वाचनमा पर्वतको कुस्मा नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उम्मेदवारका लागि दुई जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा एमाले सङ्घीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी र एमाले पर्वतका पूर्वक्षेत्रीय अध्यक्ष शान्त पौडेल रहनुभएको छ । एमाले कुस्मा नगर कमिटीको बिहीबार साँझ अबेर सकिएको बैठकले दुई जनाको नाम प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको नगर कमिटीका संयोजक याम गुरुङले जानकारी दिनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष पदम गिरीको पहलमा प्रमुख पदका आकाङ्क्षी मनोहरबी पौडेल, मेघनाथ सुवेदी, गोविन्द पहाडी र शान्त पौडेलसमेतको छलफलमा सहमति कायम भएपछि बैठकले अन्तिम रुप दिएको हो ।

त्यसैगरी नगर उपप्रमुखका लागि पनि चार जनाको दाबी रहेको छ । उपप्रमुखका विषयमा थप छलफल गरी प्रदेशमा सिफारिस गरिने बताइएको छ । उपप्रमुख उम्मेदवार दाबेदारमा जिल्ला सदस्य गङ्गा रिमाल, सरिता भण्डारी, मुगा पोखरेल र सीतादेवी देवकोटा हुनुहुन्छ ।

एमाले पर्वतले जिल्लाका अधिकांश वडामा पनि सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । चुनावमा आफ्नो पक्षमा जित हासिल गर्नका लागि सर्वसम्मतरुपमै उम्मेदवारी चयनलाई जोड दिइएको पार्टीले जनाएको छ ।
जिल्लाका दुई नगरपालिका, पाँच गाउँपालिकाका ६१ वडामध्ये ४० भन्दा बढीमा सर्वसम्मत रुपमा उम्मेदवार चयन भएको एमाले पर्वतका प्रचार विभाग सचिव किशोर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुश्मा र फलेवास नगरपालिकाबाहेक अन्य गाउँपालिकाका धेरैजसो वडामा उम्मेदवारी चयन भइसकेको छ ।

कांग्रेसीमा १० आकाङ्क्षी
फलेवास नगरपालिका प्रमुखमा अन्य दलभन्दा बढी आकाङ्क्षी नेपाली काँग्रेसमा देखिएको छ । काँग्रेसबाट प्रमुखमा लागि दश र उपप्रमुखमा पाँच जना आकाङ्क्षी छन् ।

नगर प्रमुखका लागि काँग्रेसबाट गङ्गाधर तिवारी, राधाकुमारी क्षेत्री, गङ्गाराज शर्मा, युक्तप्रसाद श्रेष्ठ, थमानसिंह थापा, कृष्ण गौडेल, शैलेन्द्र शर्मा गौडेल, ढकप्रसाद तिवारी, ख्यामबहादुर क्षेत्री र अच्चुत तिवारीलगायत तथा उपप्रमुखका लागि रेखा गुरुङ, मिलन सुवेदी, मुना भुसाल, पीताम्बर पौडेल र जितबहादुर नेपालीले दाबी गर्नुभएको छ । प्रमुखमा महिलाले दाबी गरेपछि उपप्रमुखमा पुरुषले पनि आकाङ्क्षा देखाएको काँग्रेस पर्वतले जनाएको छ । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा