कलानिधि दाहाल
रातो पुल, हाल – न्युजिल्यान्ड
१.
सुरसुन्दर
मान्छे देवता स्वर्ग
धरा उर्वर ।
२.
शैल हरा छन्
सुनबुट्टे गरा छन्
उल्लासित झन् ।
३.
झम्झम झम्म
झ्याली र सङ्गीतमा
मन यो टम्म ।
४.
तरल तला
सौम्यका सार थला
हुन्न दुर्बला ।
५.
प्रकृति प्यार
अतल गहिराइ
मानव सार ।
६.
प्रेम उठाऊ
हरित लहराझैँ
यी बचराझैँ ।
७.
जीवन रन्का
बन मानव मटु
मारेर फन्का ।
८.
न राख जात
सङ्कीर्ण मनसाथ
एक प्रभात ।
९.
नशा पिएर
नगर के के स्वाङ
तिमी जिएर ।
१०.
कल्मष मन
छली ठगी धन्दाको
हुन्न जीवन ।
वि.सं.२०८० भदौ २ शनिवार ०८:०१ मा प्रकाशित






























