Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

लोकगायक खत्री पनि उम्मेदवार 



९ वैशाख,बागलुङ  । नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा (माओवादी केन्द्र) ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ ।

केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो ।

उम्मदेवारको अन्तिम टुङ्गो भने केन्द्रको– ४ नं प्रदेश समितिले लगाउने जनाइएको छ । गायक खत्री केन्द्रको गलकोट नगर समिति सदस्यसमेत हुनुहुन्छ । उप–प्रमुख पदमा भने जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत उम्मदेवारको रुपमा सिफारिस गरिएको नगर समितिका उपाध्यक्ष गङ्गा भुजेलले जानकारी दिनुभयो ।

‘सम्भावित उम्मदेवारको सूची प्रदेश समितिमा सिफारिस गरेका छौं’ उपाध्यक्ष भुजेलले भन्नुभयो “उम्मदेवारको अन्तिम टुङ्गो प्रदेश समितिले लगाउनेछ ।” केन्द्रले गलकोट नगर क्षेत्रमा आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी