Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

भोजपुरका सितारामको युगान्डामा मुठभेडमा निधन



अफ्रिकी देश युगाण्डामा एक नेपालीको मुठभेडमा परि निधन भएको छ । भोजपुर, सलमा गाबिस वडा न ९ , केउरेनिपानी ३६ बर्षका सिताराम बुढाथोकी (पासपोर्ट नाम : पोस्टबहादुर बुढाथोकी)  को २१ जुलाईका दिन मुठभेडमा परि दुखद् निधन भएको एनआरएनए युगान्डाका अध्यक्ष रमेश कंडेलले जानकारी दिएका छन् ।

अध्यक्ष कंडेलका अनुसार  बुढाथोकीको शव नेपाल पठाउने खर्च कम्पनीले व्यहोर्न तयार भएको जानकारी दिँदै क्षतिपूर्तिका सन्दर्भमा छलफल भैरहेको बताएका छन् । उनका अनुसार एनआरएनए युगान्डाको पहलमा रोजगारदाता कम्पनी शब नेपाल फिर्ता गर्न तयार रहेको र यसका लागि आबस्यक पर्ने कागजात इजिप्ट स्थित नेपाली दुतावसलाई तत्काल बनाई सहयोग गरिदिन अनुरोध गरिएको छ।

बुढाथोकी कम्पनीबाहिर स्थानीय कामदारसँग झगडाले मुठभेड स्थिति लिएको र मुठभेडमा बुडाथोकीको मृत्यु भएको भन्ने जानकारी आफूले पाएको नाइजेरियामा कार्यरत गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले बताएका छन् । उनका अनुसार बुढाथोकी युगाण्डाको चीन मिलमा सुपरभाइजरमा कार्यरत थिए ।

अफ्रिकी मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धारमा सहयोग गर्दै तथा देशमा बैदेशिक लगानी भित्र्याउने काममा समेत जुटेर लागेका थापाले स्वर्गिय बुढाथोकीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन र एनआरएनए युगान्डाका साथीहरु प्रती हार्दिक समबेदना व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

नवलपुर । नवलपुरको मुकाम कावासोतीमा पर्वतेलीहरुको गतिबिधि बढ्दै गएको छ । गत असार ४