back
CTIZAN AD

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीबाट ५५ वटा पत्थरीे निकालियो

वि.सं.२०८० भदौ ११ सोमवार

678 

shares

झापा । यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।
“सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो”, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भने, “मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहनुभएको सर्जन डा शशी सिंहले उहाँको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया गरिएको थियो ।” सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ ।

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उनका छोरा दीपककुमार साहले बताए ।

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । “एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्,” साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, “यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु ।”

अस्पतालका व्यवस्थापक मनोज दाहालले उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिए ।रासस

file-photo

वि.सं.२०८० भदौ ११ सोमवार १७:०१ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...