back
CTIZAN AD

पर्यटन बोर्डद्वारा युरोपियन आकाशमा लागेको प्रतिवन्ध हटाउन स्वडिस सांसदहरुसँग आग्रह

वि.सं.२०८० भदौ ११ सोमवार

726 

shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसंग आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको स्वीडीस सांसदहरुको टोलीसंग आज पर्यटन बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका लागि लागि आग्रह गरेका हुन् ।

रेग्मीले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेकाले नेपालको युरोपसंग सिधा उडान हुन नसकेको बताउँदै यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकोले त्यसबारेमा पहल गरिदिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

‘नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो । धेरै युरोपियनहरु नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहन्छन् । तर सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन सकिरहेको छैन्, उनले भने, ‘हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्र्दभमा युरोपियन आकाशको प्रतिवन्ध हटाउन यहाँहरुको भूमिका महत्वपूर्ण रहन सक्छ । त्यसो भयो भने स्वीडेनका तर्फबाट नेपालीका लागि ठूलो उपहार हुने छ , उनले भने ।

सिइओ डा. रेग्मीले स्वीडेन डेभलपमेन्ट कोअपरेशसन एजेन्सिज (सिडा) संग नेपालको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि समेत आवश्यक समन्वयका लागि टोलीसंग आग्रह ग गरे ।

भेटका अवसरमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गर्दै यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आवश्वासन दिइन् ।

यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने आश्वासन दिएका थिए ।

स्वीडेनका लागि नेपाली महावाणिज्यदूत मौषमी श्रेष्ठले स्वीडेनका सांसदहरुको यो भेटवार्ताले नेपाल र स्वीडेनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए भने सन् २०२३ को जनवरी देखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

 

वि.सं.२०८० भदौ ११ सोमवार २०:२६ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...