back

सरकार र मधेसी मोर्चाको सहमति पछि खुसी छन महोत्तरीका नेता तथा कार्यकर्ता

वि.सं.२०७४ वैशाख १० आइतवार

552 

shares

१० वैशाख,गौशाला । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन् ।

लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेको भन्दै मधेसी नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।

सरकार र मोर्चा सहमतिमा गएपछि अब मधेसमा पनि चुनाव हुने भन्दै सबै नेता कार्यकर्ता अब चुनावको तयारीमा जुटेका छन् ।

आज एकाबिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरसहित जिल्लाको बर्दिबास, गौशाला, औरही, मनरा, सम्सीलगायत तीनवटै नगरपालिका र १२ वटै गाउँपालिकाका चिया पसल, पत्रिका पसल र प्रत्येक चोक र गाउँटोलमा चुनाव हुने निश्चित भएको भन्दै मधेसी नेता ,कार्यकर्ता र स्थानीय चर्चा परिचर्चामा लागेका छन् ।
मधेससहित चार प्रदेशमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुने, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गरिने, मधेस आन्दोलनका मुद्दाहरु फिर्ता लिने, संविधान संशोधन हुने, सीमाङ्कन विवाद टुङ्गिनेलगायतका सहमतिले मधेसमा चुनावी माहोल पैदा गरेको छ ।

अहिले मधेसका सबै नेता कार्यकर्ता र सर्वसाधारण पनि खुसी हुँदै अब चुनावमा जान्नैपर्छ, भोट हाल्नैपर्छ र आफूले रोजेको राम्रा व्यक्तिलाई जिताउनुपर्छ भन्ने कुरा खुलेर गर्न थालेका छन् । रासस

वि.सं.२०७४ वैशाख १० आइतवार ०४:१२ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...