Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

पन्ध्र दिनदेखि बेपत्ता छन कार्की



१० वैशाख,मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् ।

विगत केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेबाट सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।

घरबाट मेलम्ची हुँदै काभ्रे जिल्लाको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको छोरी कविता कार्कीले बताइन् ।

सामान्य मान्छेको भन्दा कपाल लामो भएको निलो रङको टिसर्ट लगाएका मानसिक अवस्था ठीक नभएका कार्कीलाई देख्नु वा फेला पार्नुभएमा ९८४३८२६०४८, ९८६०६१८९०७ वा निजको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

चालीस वर्षीय कार्कीले विगत लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेका थिए ।

इप्रका, मेलम्चीका प्रहरी नायब निरीक्षक नवराज ढुङ्गानाले उनको खाजी जारी रहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्