back

रुपन्देही समाजले क्यालेण्डर विमोचन गर्यो

वि.सं.२०७४ वैशाख १० आइतवार

609 

shares
GLOBAL IME AD
NTC AD

calender-bimochan-rupandhehi-samaj
१०, बैशाख, बुटवल । साविकको ढिकुरा गाविस भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा भुमिकास्थान –९ रुपन्देही समाजले नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रमका विच क्यालेण्डर विमोचन गरेको छ । अर्घाखाँची रुपन्देही सम्पर्क समाजका सचिव रामप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डिलबहादुर थापाले गरेका थिए ।

प्रमुख अतिथि आचार्यले यसरी साविकका गाविसहरुको आँकडा हेर्दा जिल्ला सम्पर्क समाजमा २७ वटा समाजहरु देखा परेको बताए । उनले यो ढिकुरा समाज २६ औं नं परेको बताउदै सामाजिक कार्यहरुमा यो समाज निकै अग्रसरताका साथ कृयाशील रहेको वताएका थिए ।
अध्यक्ष थापाले भावी कार्यहरुको योजना सम्बन्धित विस्तृत जानकारी सहित नयाँ वर्षको शुभकामना दिदैं सबैलाई धन्यवाद ज्ञापन गर्दछु, भनेका थिए ।

बुटवलस्थित फुलवारीमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी माधवा घिमिरे समाजका सकारात्मक पक्षहरुलाई समेट्ने र नकारात्मक पक्षहरुलाई घृणाको रुपमा नभई सान्दर्भिक र सहज तरिकाले तिरस्कार गर्दै अगाडी बढ्न सक्नुपर्छ भनेकी थिइन ।
त्यस्तै समाजसेवी प्रभा ज्ञवालीले हरेक क्षेत्रमा अग्रसर रहन आफु तयार रहेको वताउदै यसको एउटा छुट्टै आर्थिक कोषको निर्माण अपरिहार्य रहेको वताएकी थिइन ।

चियापानको कार्यक्रम रहेको सो कार्यक्रममा सँस्थापक अध्यक्ष अर्जुन घिमिरे र बरिष्ठ सदस्य राम प्रसाद पोख्रेलको समेत उपस्थिति रहेको थियो । समाजका सबै पदाधिकारीहरु र सदस्यहरुले उल्लेखनीय रुपमा काम गरेको देखिन्थ्यो ।
सचिव भुवन दर्लामीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष राधा घिमिरेले दिएकी थिइन ।

वि.सं.२०७४ वैशाख १० आइतवार १४:२५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...