सुत्केरी हुन जाँदा अस्पतालमा बेड नपाएर, अस्पतालमा राम्रो उपचार नभएकाले अत्यधिक रक्त श्राव भएर, अथवा अस्पतालसम्म पुग्न एम्बुलेन्सको अभाव भएका कारण ज्यान गुमाउनु परेको तथा कर्णालीका दुर्गम जिल्लामा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जानका लागि ऋण खोजेर पैसाको पोको कम्बरमा बाँधेर घण्टौ उभिदा जहाज नआएपछि हुम्ला सिमिकोटका दुई दाजुभाइले त्यहि मृत्युवरण गर्नुपरेको समाचार हाम्रा सामु लुकेका छैनन् । तपाई अलि भावुक हुनुुहुन्छ त्यो घटनाले तपाईलाई पनि पक्कै पनि विक्षिप्त बनायो होला ! त्यसैले तपाई र तपाईको परिवारले भोगेको भनिएको यो पीडा र दुव्र्यवहार जनताको दैनिकी जस्तै बनेको छ ।
शनिबार रातको १० बज्न लागेको थियो सायद! सामाजिक संजालमा लत बसेका स्वदेशदेखि विदेशसम्मका हामी नेपालीहरु एकछिन त अक्मक्क पर्यौ । देशको राजधानी काठमाडौं, त्यो पनि धेरै नेपाली जनताको आस्थाका केन्द्र मानिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको दमदार स्टाटस आयो ।
‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।’ सिंहदरबार कुनै बागदरबार थिएन । नेपाली जनताले अथवा नेपाली जनताको रगतको खोला बगाएर स्थापना भएको सिंहदरबारलाई मेयर बालेन शाहले कसरी आगो लगाउँछु भने ? धेरैको मनमा प्रश्न उब्जियो । केहीले त उनले ‘गाँजाको तालमा सिंहदरबारमा आगो लगाउँछु’ भने भनेर आरोप समेत लगाए । शनिबार धेरैका मनमा कुरा खेलेपनि आखिर भएको थियो के भन्ने कुरा भने कसैले अनुमान भने लगाउन सकेनन् ।
आइतबार बिहान पनि उनकै स्टाटसको वरिपरी घुम्यो नेपाली समाज । केहीले बालेनले सिंहदरबारमा आगो लगाउँछु भन्ने उनको चेतावनीपूर्ण भाषामा समर्थन गरे भने केहीले छोटो समयमै देशदेखि विदेशसम्म चर्चा कमाएका बालेनले ओरालो लाग्ने व्यवहार देखाएको भन्दै आलोचना समेत गरे ! बालेन शाहले आखिर किन यस्तो लेखे भन्ने कुरा केही सिमित मिडियाले श्रोतको हवाला दिँदै शनिबारको घटनालाई लिएर ‘बालेन पत्नीको गाडी रोकिएपछि बालेनले आपत्ति जनाए ।’ भनेर समाचार बनाउन भ्याए ।
उनको यस्तो आपत्तिजनक स्टाटसको कारण, न राज्यको केन्द्रीय निकायले खोज्यो ? न त बालेनले नै त्यस्तो लेख्नुको कारण खुलाए । एक्कासी आइतबार बेलुकी ४ बजेतिर भने बालेनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै भन्योे ‘मेयर शाहकी पत्नी सविना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रशारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।’ यद्यपी मेयर बालेनले लेखेको स्टाटस बारे भने केही लेखेन । बालेनका बारेमा लेख्दा भने बालेन पत्नी सविना काफ्ले सुत्केरी अवस्थामा रहेको र चेकजाँचका क्रममा प्रहरीले अनवास्यक केरकार गरेर प्रशव पीडा र शारीरिक समस्याबाट एवंम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेको प्रहरीबाटै गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय र खेदजनक रहेको समेत विज्ञप्तिमा उल्लेखछ ।
उता महानगरका प्रवक्ता नविन मान्धरले मेयर शाहको स्टाटस व्यक्तिगत रहेको र शाहले कसैसँग सोधेर स्टाटस लेखेको नभई उनको आफ्नै निजी विचार रहेको भनको छन् । तर, महानगर प्रमुख, सार्वभौम देशका सार्वभौम जनताको सार्वजनिक प्रतिनिधि हुन र उनले हरेक कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने मेयर शाहले जान्नैपर्छ ।
मेयरज्यू, तपाई त नेपाली जनताका आशा लाग्दा युवा जनप्रतिनिधि रहेकाले पनि तपाईले बोल्दा र अचानक निर्णय गर्दा धेरैपटक सोच्नुपर्ने हुन्छ । किन की, तपाईले गरेका राम्रा कामको पदचाप पछ्याएर अगाडि बढ्ने देशका अन्य जनप्रतिनिधिले तपाईको यहि अराजक शैलीलाई पनि आर्दश माने भने त्यसले कस्तो परिणाम ल्याउँला त्यो तपाईले बुझ्ने कुरा हो । हो, तपाईले भनेजस्तै देश यतिबेला भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र ६० किलो सुन काण्डजस्ता भष्टाचारको जर्जरमा डुबेको छ । अझ ती घटनामा पूर्वप्रधनमन्त्री, मन्त्री तथा शिर्ष नेताहरु र तिनका सन्तानसमेतको संलग्नता रहेको भनेर जनतालाई खिन्न बनाउने समाचारले जनताको मन त्यसै कुँडिएको छ । यी सबै निराशाका बीच तपाईमाथि धेरैको आशा पनि छ तपाई यो देशका लागि केही गर्न सक्ने व्यक्तित्व हो भनेर । तपाईमा देश र जनताका लागि केही गरौं भन्ने भावना छ, हुटहुटी छ् तर, ती सबै गर्न संयमता चाहिन्छ । विधिको शासनको पालना गर्नुपर्छ । यसमा संयमताा त झनै जरुरी छ । यदि संयमता नअपनाउने हो भने जनताका ती सारा आशामाथि केही समयमै तुषारापात नहोला भनेर भन्न सकिन्न ।
हो,तपाईको कार्य देशभक्ति देखिन्छ । तपाईले गरेका कार्यले नयाँ पुस्तामा नयाँ संचार ल्याएको छ । तपाईको पदचाप पछ्याउँदै केही युवाले देश र जनताका लागि म पनि केही गर्न सक्छु भन्ने सकारात्मक सोँचसहित अगाडि बढेका छन् । तपाई जनप्रतिनिधि चुनिएर आएदेखि नर्भिक अस्पतालको जग्गाबाट अगाडि बढ्दै टुकुचा उत्खनन, शिक्षा क्षेत्र लगायतमा तपाईले गरेका हरेका कामहरु अत्यन्तै सह्रानिय छन् । तर, लोकतन्त्रमा विधिको शासनलाई विश्वास गर्ने हामीले त्यसको कानुनलाई पनि मान्नैपर्ने हुन्छ भन्ने यहाँले बुझ्नैपर्छ ।
हो, प्रहरीले विदाको दिनमा आफ्नो कर्तव्य कसरी निर्वाह गर्यो भन्ने कुरा राज्यले त्यसको खोजीनीति गर्न जरुरी छ । तर, तपाई महानगरको प्रमुख हुनुहुृन्छ भन्दैमा कर्तव्यमा खटिएको प्रहरीले सार्वजनिक स्थानमा तपाई र तपाईको परिवार र आफन्तलाई कुनै कुरा सोध्नै नहुने भन्ने होइन् । यद्यपी त्यसमा ट्राफिक प्रहरीको शैली कस्तो थियो भन्ने छानविन गरेर गल्ती भएमा उनीहरु पनि सजायको भागिदार हुनैपर्छ । यद्यपी बाहिर समाचारमा आएजस्तो तपाईहरुका दुई सन्तानका रुपमा पुत्री लाभ भएको र एउटा गुमाउनु परेको र एउटा अस्पतालमा उपचाररत रहेको र उनलाई स्तनपान गराएर फर्किने क्रममा प्रहरीले अनावस्यक केरकार गरेको भन्ने तपाईको सचिवालयले स्पष्टीकरण दिएको छ ।
हो, मेयरज्यू, यस्तो पीडा र समस्यामा पर्ने यो देशमा तपाईकी पत्नी सविना काफ्ले मात्र होइनन्, दुर्गमकी रमिला काफ्लेको पीडा त झन दर्दनाक छन् । सुत्केरी हुन जाँदा अस्पतालमा बेड नपाएर, अस्पतालमा राम्रो उपचार नभएकाले अत्यधिक रक्त श्राव भएर, अथवा अस्पतालसम्म पुग्न एम्बुलेन्सको अभाव भएका कारण ज्यान गुमाउनु परेको तथा कर्णालीका दुर्गम जिल्लामा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जानका लागि ऋण खोजेर पैसाको पोको कम्बरमा बाँधेर घण्टौ उभिदा जहाज नआएपछि हुम्ला सिमिकोटका दुई दाजुभाइले त्यहि मृत्युवरण गर्नुपरेको समाचार हाम्रा सामु लुकेका छैनन् । तपाई अलि भावुक हुनुुहुन्छ त्यो घटनाले तपाईलाई पनि पक्कै पनि विक्षिप्त बनायो होला ! त्यसैले तपाई र तपाईको परिवारले भोगेको भनिएको यो पीडा र दुव्र्यवहार जनताको दैनिकी जस्तै बनेको छ ।
तपाईकी श्रीमती सविना काफ्लेलाई दुःख दिएको दिन राति र विदाको दिन भए पनि आइतबार १० बजे सिंहदरबारभित्रै पुगेर सविनालाई उदाहरणको पात्र बनाउँदै ती तमाम रमिलाहरुको स्वास्थ्य, शिक्षामा पहुँचको लागि सिंहदरबारले कस्तो योजना बनाएको छ र तत्काल तत्काल सेवा दिनका लागि सिंहदबारले कत्तिको प्रभावकारी काम गर्न सक्छ भनेर धर्ना, चेतावनी वा अल्टिमेटम दिएर तपाई फर्किन सक्नु पथ्र्यो । आफुमाथि प्रत्यक्ष रुपमा आइ लागेको अवस्थामा जाइ लाग्ने अवस्था सिवाय तपाईले कोठामा बसेर ‘सिंहदबारमा आगो लगाउँछु’ भन्नु गलत थियो । किनकी सिंहदरबार तपाई र मेरो आपनो व्यक्तिगत घर नभएर देशका जनताको प्रमुख प्रशासनिक अड्डा हो ।त्यहाँ बसेर शासन गर्नेको शैलीप्रति तपाईमा आक्रोश पैदा भएपनि सिंहदरबारमा आगो लगाउँछु भन्ने तपाईको भनाई र शैली तपाईको अराजकताको परकाष्ठा हो ।
हो, तपाईले गरेका केही कामहरु तथा लिएका अडानहरु सकारात्मक र देशको हितमा भएपनि त्यसलाई विना योजना र त्यसपछिको परिणाम के भनेर नसोचि अभिव्यक्ति दिँदा त्यसले तपाईको कार्यशैलीप्रति प्रश्न त उठाउँछ नै त्यो भन्दा पनि तपाईले चाहेका देशका लागि गर्न खोजेका कार्यहरुमा पुर्णविराम लगाउन सहयोग पनि तपाईकै यस्ता क्रियाकलापले गर्छ भन्ने तपाईले विर्सनु हुँदैन ।
सोमबार पनि देश तपाईकै स्टाटस र तपाईको सचिवालयले निकालेको विज्ञप्तिमा देश घुमिरहँदा ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले महानगर प्रमुख चढ्ने गरेको उक्त गाडी एकमिनेट पनि नरोकिएको संचारमाध्यममा प्रष्टीकरण दिएका छन् भने काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पनि विदाको दिन शाहले गाडी चलाउने अनुमति नलिएको स्पष्ट पारेका छन् ।
तपाईको उक्त स्टाटसले थर्कमान बनेका ड्युटीमा खटिएका ट्राफिक प्रहरीका आमा पनि तपाईकै निवासमा आएर आफ्नो छोराले जाडरक्सी केही पनि नखाने र तपाईकी पत्नी सविनालाई दुःख दिने नियतले त्यस्तो नगरेको भन्दै विन्ति गरेको उनै ड्यिुटीमा खटिएका प्रहरी परिवारका सदस्यले जानकारी दिएका छन् ।
मेयर बालेनज्यू, तपाईको आक्रोशले सिंहदरबार मात्र नभएर ती प्रहरीका बाबुआमा सर्वसाधारणले पनि त थर्कमान हुनुपर्यो । कतै आफ्नो छोरालाई महानगरका प्रहरीले लछार पछार पो पार्ने हुन कि, केही नराम्रो सजाय दिने पो हुन की भनेर मुटुको विमारी रहेका भनिएका उनका बाबुले छोरा निर्दोष रहेको भन्न मेयर सावको घरमै जाउँ भनेर पठाउँनु त्यो तपाईमाथिको उनीहरुको आकर्षण नभएर भयका कारण हो भन्न सकिन्छ । त्यसैले मेयरज्यू, छाति चौडा बनाएर महानगर मात्र होइन् समग्र देशको बागडोर सम्हाल्ने सबैको प्रिय नेता बन्नुहोस् । जनतालाई डर र धम्कीले नभई माया, ममता र उनीहरुलाई चुस्त दुरुस्त सद्भावसहितको सेवा दिएर मन जित्न सकिन्छ भन्ने परिपक्वता तपाईमा आउनै पर्छ । भावना र आवेगमा देश, समाज त के तपाईको आफ्नै परिवार पनि चल्दैन भन्ने तपाईमा चेतना आउनैपर्छ ।
वि.सं.२०८० भदौ १८ सोमवार १४:५० मा प्रकाशित