Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।

विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ ।

यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।

 

 

No description available.


-->

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल

ओम आचार्य, अर्घाखाँची आगोको विउ रोपेर सुडौला जिउ बनाउन आरन थापेकाहरू सपनाको धाउ पिट्दा

बद्री उप्रेती, काठमाडौं १. थोरै नपठाउनु यादहरु फालाफाल पठाइदिनू आँसु पठाउँदा पुछ्नलाई रुमाल पठाईदिनू

लक्ष्मी स्मृति, बिराटनगर १. बिसंगति पनि कति धेरै जता हेर्यो कमिशन, भ्रष्टाचार सुनिन्छ बिग्रिएको