Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

समिक्षा अधिकारीको ‘भन्छन् स्वामीले’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीजको अवसरमा गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियोमा भने मोनिका बुढाथोकी र सबिन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन् । मोनिकाको नृत्य तथा सबिनको अभिनय मौलिक रहेको छ । निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन् । बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन् ।

प्रायजसो तीजका गीतहरु काठमाडौंको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरुमा गरिएको छ ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक