
बेल्जियम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभाग बेल्जियम भेला तयारी समितिको बैठकले कृष्ण दाहालको संयोजकत्वमा ‘स्वतन्त्र प्रबासी सम्पर्क मंच बेल्जियम’ गठन गरेको छ ।
रास्वपा प्रवास विभाग प्रमुख डोल प्रशाद अर्याल (डिपी अर्याल), तोयराज अधिकारी, रास्वपा प्रवास विभाग, युरोप हेर्ने सदस्यको भर्चुअल उपस्थितीमा निकट भबिस्यमा आउने सम्भावित र उचित सम्पर्क प्रवाशको नाम समेतलाई मध्यनजर राखेर विभिन्न निर्णय गर्दै बेल्जियममा ‘स्वतन्त्र प्रवाशी सम्पर्क मंच’ गठन गरिएको हो ।
बैठकले दाहालको संयोजकत्वमा मंच र सल्लाहकार समिति गठन गरेको छ । मंचको उपसंयोजकमा रमेश कंडेल, सचिबमा डा. गोकर्ण पाण्डेय, केन्द्र सम्पर्क प्रतिनिधि सदस्यमा याम निरौला र अन्य सदस्यहरुमा सुनिता गुरुङ्ग, घनश्याम काफ्ले, अर्जुन घिमिरे, दिपक न्यौपाने, सुन्दर पौडेल, हरि रोका,कृष्ण क्षेत्री रहेका छन् ।
त्यसैगरी मंचको सल्लाहाकारहरुमा ब्रम्हदत्त वाग्ले, प्रकाश कार्की, डिल्लीराम भण्डारी, अर्जुन दाहाल र माधब सापकोटा रहेका छन् ।
बैठकले सेप्टेम्बर १८ मा हुन गैरहेको भष्टाचार बिरोधि अभियानका पर्यायावाची रमेश खरेलसंगको अन्तरक्रिया कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्ने पनि निर्णय गरेको केन्द्रीय सम्पर्क प्रतिनिधि सदस्य याम निरौलाले जानकारी दिएका छन् ।