back

अठोट

वि.सं.२०८० भदौ २३ शनिवार

216 

shares

घरी यता र घरी उता डुलिरहेकी थिइन् रेखा । जिल्ला अदालतको परिसर मान्छेहरू विभिन्न भावका मुखाकृतिमा देखिन्थे । यताउता कदिरहँदा पनि कहिले हातको घडीको सुइमा आँखा घुमाउँथिन् त कहिले जिल्ला अदालतको प्रवेशद्वारतिर नजर बिच्छ्याउँथिन् उनी । उनका कलाइन्ट अझै आइपुगेका थिएनन् । यसक्रममा रेखाको नजर अलिक पर सुरक्षाकर्मीको निगरानीमा राखिएका मानिसतिर पुग्यो । कैदीखानाबाट ल्याएका केही मानिस थिए त्यहा । सँगसँगै हातमा बन्दुक बोकेका र सञ्चार उपकरणमा सूचना दिँदै गरेका प्रहरी पनि थिए ।

रेखाको नजर दौडिदै एउटी महिलामा पुगेर अडियो । झट्ट हेर्दा अधबैंसे जस्तो ती महिला निकै दुब्ली पातली र रोगले ग्रस्त जस्ती देखिन्थिन् । केही साँवलो वर्णकी ती महिला मैली कुचैली हुनाले वास्तविक भन्दाबढी काली देखिन्थिन् । बेला बेलामा मैलो धोतीको सप्कोले आँखा पुछ्तै क्लान्त भाव झल्किनेगरी सुक्कसुक्क गर्दै थिइन् । रेखा त्यतै जान लागेकी थिइन् प्रहरीले उनलाई जान दिएन । अनि रेखा ती महिला राखिएको कोठाको झ्यालबाट नै बोल्न थालिन् ।

कालो कोटमा उपस्थित रेखा निकै खजिलो व्यक्तित्वको धनी थिइन् । पैसााका लागि वकालत गरे पनि न्यायमा चोट नलागोस् भनी सचेत रहन्थिन उनी । उनको कानूनकर्मीमो हुलिया देखेर होला झ्यालबाट बोल्दा भने प्रहरीले रोकेन ।
ए दिदी !

सुन्नुस् त !

महिलाले उनीतिर हेरिन् ।

‘हो, मैले तपाईँलाई नै बोलाएकी । अलिक यता आउनुहोस् न ।’

तपाईँको नाम के हो दिदी ?

‘सुन्तली’, महिलाले छोटो र निकै द्रवित शब्दमा बोलिन् ।

‘तपाईँलाई यहाँ किन यसरी ल्याएका ?’

महिला अवाक रहिन् तर, बरर आँसु खसालिन् ।

रेखाले निकै प्रेमपूर्वक त्यही प्रश्न दोहो¥याइन् ।

क्लान्त अनुहार अझै कारुणिक पार्दै महिला बोलिन्, ‘मैले चोरी गरेकी थिएँ बहिनी ।’

‘अहो, के चोरी गर्नुभएको थियो ?’ रेखाले आश्र्चय मिश्रित भाषामा सोधिन् ।

‘अन्नको बोरा’, सुन्तलीले छोटो उत्तर दिइन् । रेखाको जिज्ञासा झनै बढ्यो ।

‘किन चोर्नुभएको त नि !’ रेखाले अझै प्रष्ट हुन खोजिन् ।

‘चोरी रहर होइन बाध्यता हो बहिनी । भोकले भित्ता भन्दैन, भीर भन्दैन । भोकको डसाइले विवेक हराउने रहेछ । मेरो पेट त जसातसो बुझाउँथे तर, साना छोराछोरीको भोकले मलाई चोरी गर्न बाध्य बनायो । मैले सबैतिर सम्म देखेँ । सन्तानहरुको भोक एउटी आमाको अगाडि विवशताको पहाड बनेर उभिँदो रहेछ नानी ।’ महिलाले निकै भावुकता दर्शाइन् ।

‘केही श्रम गरेर, ज्याला मजदुरी गरेर पनि त सन्तानको पेट भर्न सकिन्थ्यो । चोरी गर्नु चाहिँ अलिक नसुहाउँदो नै लाग्यो मलाई चाहिँ ।’ रेखाले महिलातर्फ हेरेर भनिन् ।

मान्छेलाई आत्मीयताले कति छिटो अपनत्व प्रदान गर्दोरहेछ । सुन्तली र रेखा बीचमा एउटा अव्यक्त सम्बन्ध बनिसकेको दुवैले महसूस गरे ।
‘अँ, दिदी ! काम सकियो मेरो । म तपाईँसँग विदा माग्न आएकी । हुन त समाजमा दुःख पाएका र परिबन्धले अभर परेका मानिसलाई साथ दिने हो भने विभेद र असमानता घटेर जान्थ्यो होला । तर त्यसो हुँदैन, समाजसेवी भनेर नाक फुलाउनेहरू सञ्चार माध्यमममा आदर्श फलाक्ने र गरीब दुःखीका नाममा धन्दा गरी आफैँ धनी हुने हर्कतमात्रै गर्छन् ।’

‘हो बहिनी, तपाईँले रहर र बाध्यतालाई तुलना गर्नुभएको छैन होला ! व्रmोधले आगो ओकल्नु र बाध्यताले आगो पिउनु नितान्त फरक हुन्छ । भलीभाँती जानेकी छु, आदर्शका सिद्धान्त । मैले श्रम गरेर नै मेरा सन्तान पाल्दै आएकी छु । काम गर्ने क्रममा पैसाले नैतिकता भुलेका कयौँ खुनी र व्यभिचारी राक्षससँग कठोर युद्ध गरेकी छु । आधा हर ढाकेका मेरा झुत्रा लुगालाई शहरका अर्धनग्न परिभाषाले घृणित मोलतोल गरिरहे गिद्धे नजरले उपहास गरिरहे । तर पनि सबै सहेर आफ्नो कर्तव्यमा म पछि परिन । एउटा चराले त आफ्ना सन्तानको देखभाल गर्नसक्छ भने म त मान्छे हुँ । मैले सकेको गरेँ । तर, केही दिनदेखि म थलिए । मेरो पोल्टो सबै रित्तियो । छोराछोरीको भोक टार्न मन्दिर छेउ बसेर भीक माग्न बसेँ । मान्छेहरू मेरातर्फ नहेरी मन्दिर गए र फर्किए । मूर्तिमा फलफूल र दूध चढाएर गए कयौँ मानिस । मूर्तिमा अबीर केशरीमा मिसिँदै बगेर फोहोर नालीमा गएर मिसियो त्यो दूध । म मेरो भोकले जति डसिएको थिएँ, त्यो भन्दा बढी छोरीछोरीको भोकले पिल्सिएको थिएँ । मन्दिरभित्र अन्न, पैसा, फलफूल थपिदै थियो । मेरो शरीरको मानवीय चेतना बाध्यताको जञ्जीरले बाँधिदै थियो । वशीभूत थिएँ म । त्यतिकैमा एउटा मान्छे आयो । मन्दिरको ढोकाछेउ एउटा सानो धोक्रो बिसायो र मन्दिरमा पस्यो । मैले त्यो धोक्रो बाहेक केही देखिन । त्यो धोक्रोमा के थियो पनि मतलब लागेन । मैले मेरा छोराछोरीको भोको पेट मात्रै सम्झिएँ र धोक्रो बोकेर भागेँ । म घर पुगेकै थिइन । बाटोबाटै पुलिसले मलाई समातेर चौकीमा ल्यायो ।’ महिलाले आँसु खसाल्दै यति भनेर रोकिइन् । रेखाको आँखा समेत रसाइसकेछन् ।

‘अनि हजुरको लोग्ने कता हुनुहुन्छ नि ? छुटाउन आउनुभएन यहाँसम्म ?’ रेखाले पुनः सोधिन् ।

‘मेरा लोग्ने हुनुहुन्न नानी, खेतमा पानी लगाउन जाँदा सर्पले टोकेछ । घरमा एक रुपियाँ थिएन । गाउँका साहूले ‘तँ मरिस् भने कसले तिर्छ हाम्रो पैसा, तेरी स्वास्नी रोगी छे’ भनेर जवाफ दिए । टोल छिमेकमा हारगुहार गर्दागर्दै समय बित्दै गयो । बेलामा अस्पताल पु¥याउन सकिएन उहाँ बित्नुभयो ।’

यहाँ चौकीमा छोराछोरी रोइकराई गरे तर कसले सुन्थ्यो र हाम्रो पीडा । चोरी केशमा, बिगो, जरिवाना के के गरेर एक वर्षको जेल सजाय हुन्छ रे बहिनी, मेरा छोराछोरी भोकले अकालमा नै मर्ने भए । लोग्नेको काजकिरिया पुरानो ऋण, यताउता हिसाब गरेर एक टुक्रा भएको खेत पनि साहूले खोस्यो । शहरमा दुःख गरेर यिनीहरूलाई हुर्काउँछु, पढाउँछु भनेर मन्दिरको पाटीमा आएर बसेको थिएँ तर मन्दिरका देवता पनि गरीबका लागि होइन रहेछन् ।’ उनले निराशा व्यक्त गरिन् ।

‘हेर्नुस् दिदी, समाजमा जघन्य अपराध गरेकाहरू इज्जतकासाथ हिँडिरहेका छन् । बलात्कारी पहँुचका आधारमा छुट्छन् र अर्को नाबालिका सिकार गर्ने योजना बनाउँदै हिँड्छ । तस्कर र भ्रष्ट्राचारीहरू ठूलाठूला ओहदामा पुगेर आदर्श र देशभक्तिका झुसिला डकार डकारिरहेका छन् । तपाईँ जस्ता मानिस जेल पर्छन्, अपराधीको बिल्ला लगाएर सञ्चार माध्यममा लगि असामाजिक तत्त्व करार गरेर खुइल्याइन्छन् । यो समाज फेर्न कसम खाएकाहरूले आफू फेरिए, आफन्त फेरे तर देशको अवस्था फेरेनन् । ठूला क्रान्तिका नामले, आन्दोलनका नामले परिवर्तन भए कानून बनाइए । बनेका कानून र परिवर्तनले दुःखी गरीबलाई सम्बोधन समेत गरेन । कानून त गरीब र उत्पीडित वर्गका लागि बनाइयो र कानून लाग्ने पनि गरीब र उत्पीडितलाई मात्रै भयो । गरीबको दिन कुर्दाकुर्दै गरीबहरु झन् गरीब हुँदै गए तर गरीबको दिन आएन यो देशमा निर्दोष हुँदाहुँदै पनि कानूनको जन्जीरले बाँधिएका मानिस देखिन्छन् । कति त दोषी हुँदाहुँदै पनि निर्दोष करार भएर हिडेका देखिन्छन् कतै । पेशाले म कानूनकर्मी हँु तर मन अमिलो बनाएर आँखा चिम्लनुको विकल्प छैन दिदी । यहाँ न्यायका आँखामा पट्टि बाँधिएको छ
हातमा कालै झोला बोकेका रवाफिलो मान्छे आयो र रेखालाई कोट्यायो ।

‘अहो ! साहुजी, म तपाईँलाई कुरिरहेकी यहाँ यो दिदीको कुरा सुनेर यतै अल्झिएँ । कतिबेला आउनुभयो हजुर ?’
‘तपाईँलाई निकैबेर खोजे नभेटेर झण्डै फर्किएको म त । हिँड्नूस् काम सकौँ पहिला ।’

रेखाले क्लाइन्ट सँगै गएर उसको काम सकाइदिइन् र फेरि त्यही फर्किइन् ।

सुन्तलीले रेखा आएको देख्नासाथ मुहार उज्यालो बनाइन् ।

‘ए ! नानी कति छिटो आउनुभयो ! काम सकियो ?” सुन्तलीले खुसी दर्शाइन् ।

मान्छेलाई आत्मीयताले कति छिटो अपनत्व प्रदान गर्दोरहेछ । सुन्तली र रेखा बीचमा एउटा अव्यक्त सम्बन्ध बनिसकेको दुवैले महसूस गरे ।
‘अँ, दिदी ! काम सकियो मेरो । म तपाईँसँग विदा माग्न आएकी । हुन त समाजमा दुःख पाएका र परिबन्धले अभर परेका मानिसलाई साथ दिने हो भने विभेद र असमानता घटेर जान्थ्यो होला । तर त्यसो हुँदैन, समाजसेवी भनेर नाक फुलाउनेहरू सञ्चार माध्यमममा आदर्श फलाक्ने र गरीब दुःखीका नाममा धन्दा गरी आफैँ धनी हुने हर्कतमात्रै गर्छन् ।’

‘अं त नाी

‘तपाईँले वकिल राख्नुभएको छ कि छैन दिदी ?’

‘खै नानी मेरो लागि कस्ले काम गर्देला र ? भोकले मरेको मानिसलाई चामल चढाउने समाजमा ।’

‘मैले भनेको मान्नुहुन्छ भने म तपाईँको मुद्दा लड्छु, मलाई केहि दिनु पर्दैन ।’

सुन्तलीको आँखाबाट आँसुका ढिका बरर खसे ।

सुन्तलीका कथाले बेस्सरी छोइएकी रेखाले घर फर्कदा सुन्तलीका छोराछोरी र सुन्तलीका छोराछोरी जस्तै बालबालिकालाई शिक्षादिक्षा र पालनपोषण समेत गर्न एउटा बालआश्रम खोल्ने मनमनै अठोट गरिन् ।

 

 

वि.सं.२०८० भदौ २३ शनिवार ०७:३२ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...