Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा ‘२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९’ भव्यरुपमा सम्पन्न



अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै अमेरिकाको न्युर्योकमा ‘२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९’ भव्यरुपमा सम्पन्न भएको छ ।

अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्यरुपमा सम्पन्न उक्त दिवसका अवसरमा भव्य ¥यालीमा फिप्नाको १८ वटा सदस्य संस्था लागायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सहभागि रहेको थियो ।

फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा सदस्यहरु एलम्हर्ट्सको ज्याक्सन हाइटस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा जम्मा भई सबैले प्रत्येक संस्थाहरुले संस्थागतरुपमा आ–आफ्नो भेषभुषामा तस्वीर खिचाएका थिए । तस्विर खिच्ने कार्य सक्ने बित्तिकै सबै संस्थकाहरुले आ–आफ्नो ब्यानर लिएर र्यालीमा सहभागी भएका थिए ।

उक्त भव्य ¥याली करीब एक घण्टाको न्यूयोर्क शहरको परिक्रमा गरी क्वीन्स ज्याक्सन हाईटको डाइभरसीटी प्लाजामा कोण सभा भएको थियो । कोणसभा गर्नु भन्दा अगाडी उपस्थित् सबै जातीय संस्थाहरुले आ–आफ्ना परम्परागत झाँकी प्रस्तुत गरिएको थियो ।

उक्त कोणसभाको नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का महासचिव तथा कार्यक्रम संचालक टोमा लामाले ंसंक्षिप्तमा नेपालको पहिचान दिँदै, नेपाल बुद्ध र सगर माथाको देश हो, नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक भएको देश हो भन्ने कुरा आम उपस्थित् अथिति अमेरिकाको राजनीतिक लिडरहरु तथा उपस्थित् सबै जनालाई जानकारी दिए । साथै महासचिव लामाले हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै कार्यक्रमको शुरुवात गरेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष राज कुमार विष्टले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्य दूत गणेश प्रसाद अधिकारी थिए । विशेष अतिथिहरुमा विधानसभा सदस्य जिल्ला ३० स्टीवीन रागा, जिल्ला नेता र पूर्वनगर परिषद् सदस्य, पूर्व राज्य सिनेटर माननीय हिराम मोन्स्टारेट, न्युयोर्कका मेयर एरिक एडम्सका एशिया मामिला सल्लहकार नवराज केसी थिए ।

फिप्नाका १८ वटा सदस्य संस्थाका अध्यक्षहरु, फिप्ना संघीय परिषदका सभामुख सभामुख सुबर्ण शाक्य, उपसभामुख गोमा योञ्जन, सल्लाहकार प्रदिप परियार थापा र अतिथिहरुमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, यूएस नेपाल क्लाइम्बर एसोसियशन इंकका अध्यक्ष पासाङ शेर्पा, प्रवासी नेपाली एकता मन्च अमेरिकाका पूर्वअध्यक्ष टेक गुरुङ र गोविन्द डान्स सेन्टरका डाइरेक्टर एवं नेपाली सिने जगत बरिष्ठ डान्स डाइरेक्टर गोविन्द राई लगायतका थुप्रै नेपाली डायस्पोराका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको थिए ।

कार्यक्रममा ‘मिस नेपाल नर्थ अमेरिका–२०२३ जुबीली शेर्पा’ को पनि बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिप्नाका क्षेत्रीय उपाध्यक्ष एव कार्यक्रमका संयोजक माया लामा ह्योल्मोले उपस्थित् सबैलाई स्वागत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा प्रमुख वक्ता रहेका फिप्नाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङले विशेष गरी नेपालका आदिवासीहरुको वर्तमान जल्दाबल्दा मुद्दा तथा सवाल, विश्व व्यापीकरणले आदिवासीहरुमा पारेको प्रभाव र नेपालका आदिवासीहरुको वर्तमान अवस्था तथा सवालहरुको बारेमा प्रष्ट पार्नुको साथै राज्यको ध्यानार्कषण गराएका थिए ।

हरेक जात जाति तथा समुदायहरुको पहिचान दिलाउनको लागि भाषिक, धार्मिक र साँस्कृतिक अधिकार जसरी अमेरिकाले सुनिश्चित गरेको छ त्यसरी नेपालले पनि अमेरिकाबाट सिक्नुपर्ने उनले बताए । जसरी अहिले प्रदेश नं १ को नाम कोशी प्रदेश राखिएकोमा हामी आदिवासीहरु खेद प्रकट गर्दछौं । सो कोशी प्रदेश नाम खारेज गरी त्यहाँका बहुसंख्यक लिम्बु र किरात राईहरुको पहिचान दिने नाम राखिनु पर्नेमा जोड दिए । साथै न्याय, समानता र पहिचानका लागि हामी सबै एक ठाउँमा आउनको लागि आव्हान गरे ।

त्यस्तै शुभकामना मन्तव्य राख्नेहरुमा विशेष अतिथि न्यूयोर्क शहर जिल्ला ३० स्टीवीन रागाले मन्तव्यको क्रममा नेपाली आदिवासीहरुमा विविधमा एकता देख्दा आफुलाई निकै खुशाी लागेको बताए । उनले नेपाली अदिवासीहरुको आवाजलाई हामी सधैं सुन्ने र केन्द्रमा राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले अमेरिकाको न्यूयोर्क शहरको क्वीन्समा पनि नेपाली आदिवासीहरुले आफ्नो सांस्कृतिक, भाषा र धर्मलाई जोगाउन निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै पूर्वनगर परिषद् सदस्य, पूर्व राज्य सिनेटर माननीय हिराम मोन्स्टारेटले मन्तव्यको क्रममा न्यूयोर्क शहर विश्वको सबैभन्दा विविधता भएको ठाउँ रहेको बताउँदै यसको एउटा ठूलो हिस्सा नेपाली आदिवासी तथा नेपाली समुदाय रहेको बताए । ‘हामीले देखिरहेका छौं यहाँ नेपाली समुदायहरुको विकास हुनुको साथै आफ्नो संस्कृतिको जगेर्ना पनि गरिरहेका छन् ।’

कार्यक्रममा न्युयोर्कका मेयर एरिक एडम्स्का एशिया मामिला सल्लहकार नवराज केसी, फिप्नाका सभामुख सुबर्ण शाक्य, एनआरएनए न्युयोर्क च्याप्टरमा नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, गुरुङ(तमु) सोसाइटी इंक, अमेरिकाका अध्यक्ष तोरन गुरुङ र फिप्ना न्यूह्याम्सर च्याप्टर कमिटिका प्रतिनिधि मुक्ति वान्तवा राई थिए ।

विश्व आदिवासी दिवसको अवसरमा ‘बृहत किरात र राई जाति’ नामक पुस्तक प्रमुख अतिथि नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्यदूत गणेश प्रसाद अधिकारीले विमोचन गरेका थिए । सो पुस्तकका लेखकहरु भोगीराज चाम्लिङ, डा. तारामणि राई र भद्रगोल किराती हुन् ।

कार्यक्रमको संयोजक फिप्नाका क्षेत्रीय उपाध्यक्ष माया लामा ह्योल्मा संयोजक, सहसंयोजक सचिव निमा गोले तामाङ र अर्का सहसंयोजकमा तत्कालिन न्यूयोर्कका लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत एवं चिरपरिचित लोकप्रिय समाजसेवी केशब राम राई थिए ।

फिप्नाले “विश्व आदिवासी दिवस –अगष्ट ९” हरेक वर्ष केही न केही फरक ढंगले मनाउँदै आएको छ ।

यो वर्षको “२९औँ विश्व आदिवासी दिवस २०२३–अगष्ट ९” फिप्नाले विशेष ¥यालीमा फोकस गरी आदिवासीका आम मुद्दा तथा नारा सहितको प्लेकार्डमा सबै उपस्थित् भएका थिए ।

फिप्नाको दस्ताबेजको लागि विभिन्न समुदायहरुको संस्थागत रुपमा छुट्टाछुट्टै मौलिक भेषभुषामा विशेष फोटोसुट पनि गरेका थिए ।

नेपाली आदिवासी समुदायहरुको विबिधामा एकता भएको कुरा न्यूयोर्कबासीलाई र्यालीमार्फत् प्रत्यक्ष देखाउन पाएको र कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएकोमा अत्यन्तै खुशी भएको कुरा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का महासचिव टोमा लामाले बताए ।

कोणसभमा समापन नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष राज कुमार विष्टले कार्यक्रम फिप्नाले सोचेको भन्दा निकै राम्रो र भव्य भएकोमा खुशी व्यक्त गरे । प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई धन्यबाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।