
क्वीन्स् न्युयोर्क । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकाको संयोजनमा विभिन्न देशका–२० वटा भन्दा बढी स्थानीय संघसंस्थाको सहकार्यमा एक बृहत् र विशेष प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण एवं प्रयोगात्मक मेला (मेन्टल हेल्थ वेलनेस फेयर्स) नामक एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।
न्युयोर्कको ज्याक्सन हाईटस्स्थित ८२–स्ट्रीटमा अवस्थित एपीचा कम्युनिटी हेल्थ सेन्टरको हलमा अपरान्ह १२ बजेबाट साँझ ५ बजेसम्म संचालित सो कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएका, लब्ध प्रतिष्ठित व्यक्तित्वहरु गरी १५० जनाको उपस्थिति रहेको छ ।
कर्यक्रममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्ने सामाजिक अभियन्ताहरू, पत्रकारहरू, सर्वसाधारण नागरिक एवं प्रमुख अतिथिका रूपमा अमेरीकी संसदकी कंग्रेसओमेन माननीय ग्रेस मेंग, विशिष्ट अतिथिहरु क्रमशः एसेम्बली ओमेन जेशीका गोन्जालेस् रोजस्, एसेम्ब्ली ओमेन जेनीफर राजकुमार, एसेम्बलीमेन स्टेभेन रागा, न्युयोर्क सिटी कम्प्टोलर ब्राड लेन्डरको तर्फवाट क्विन्स डाईरेक्टर जेम्स मोगेंलुजु, न्युयोर्क सिटी काउन्सिल मेम्बर शेखर कृष्णनको तर्फबाट चिफ अफ स्टाफ चक पार्क, क्वीन्स जिल्ला न्यायाधिवक्ता माननिय मेलिन्दा काट्जको तर्फबाट सामुदायिक निर्देशक रोकेया, न्यूयोर्क शहर स्वास्थ्य र स्वच्छता विभागकी कार्यवाहक निर्देशक कर्कलिन ऐसकोन्दो, लागार्डिया एयरपोर्ट अन्तर्गत न्युयोर्क न्युजर्सी पोर्ट अथोरीटीका जनरल मेनेजर एन्थोनी सी भेरो, चिनिया बैज्ञानीक डा. लियोन यींग, प्रसिद्ध भारतीय समाजसेवी डा.पल्लभी पटेल, एन्ड्रीया वेन, डा. राफेल एजेली, डा. डेब्रा ओलुसा, संयुक्त राष्ट्रसंघ अन्तर्गत योग तथा अध्यात्मिक इकाई प्रमुख गुरू दिलीप थांकपन लगायतहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उदघाटन मन्तव्य दिँदै अमेरीकी कंग्रेसओमेन माननीय ग्रेस मींगले फाउन्डेशनले अत्यन्त सराहनीय र नयाँ काम गर्दै स्थानीय समुदायमा उत्कृष्ट मानवीय सेवा प्रदान गरेकोमा आफुलाई गर्व लागेको र आफ्नो क्षेत्रमा भविष्यमा गरीने जुनसुकै मानवीय एवं सामाजिक काममा आफ्नो पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले हालसालै लागर्डिया एयरपोर्टमा पार्किंग गरी राखेको पहेंलो ट्याक्सीमा अचानक लागेको आगो साहसपूर्वक र ज्यानको बाजी राखी निभाउने लाक्पा शेर्पालाई सम्मानपत्रद्वारा उनको साहसस्वरूप सामाजिक हिरो उपाधी सहित सम्मान गरे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै न्युयोर्ककी एसेम्बली ओमेन जेनीफर राजकुमारले फाउन्डेशनले अत्यन्त सराहनीय समाजसेवा गरेको र आफुले सकरात्मक कार्यमा सदा सहयोग गरीरहने प्रतिबद्धता जनाए । साथै उनले लाक्पा शेर्पालाई उनको अद्वितीय साहसको कदर गर्दै सम्मानपत्र प्रदान गरे ।
यसैगरी कार्यक्रममा बोल्दै न्युयोर्क राज्यकी एसेम्बली ओमेन माननीय जेसीका गोन्जालेस रोजसले यस्तो प्रकारको सृजनात्मक र उत्प्रेरणात्मक काम गरी जीपी फाउन्डेशनले सबैको मन छोएकोमा उच्च प्रशंसा गरे ।
त्यसैगरी अर्का एसेम्ब्लीमेन स्टेभेन रागाले हामीले समाजसेवा साथै मानिसका आवश्यकता पहीचान गरी नयाँ ढंगले अगाडी बढ्नुपर्ने र सोका लागी फाउन्डेशनले अब्बल काम गरेको बताए ।
समाजसेवी डा.पल्लभी पटेलले कार्यक्रमको उच्च प्रशंसा गर्दै योगाको महत्व र मानसीक स्वास्थ्यमा पार्ने प्रभावबारे प्रबचन दिएको थीयो । करीब ५ घन्टा संचालीत सो कार्यक्रममा चिनीयाँ शैलीको संगितिक हिलिंग (प्राकृतिक धुन) ले हललाई नै मन्त्र मुग्ध बनाएको थियो भने नेपाल, भारत, चिन, पाकिस्तान, म्यानमार, श्रीलंका, घाना, स्पेन लगायतका विभिन्न राष्ट्रहरूबाट आमन्त्रित अतिथीगण एवं कलाकार एवं बक्ता महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम स्थलवरपर न्युयोर्क शहर हेल्थ एण्ड हाईजिन, न्युयोर्क शहर कम्ट्रोलरको अफिस, क्विन्स डिस्ट्रीक ऐटोर्नी अफिस लगायत अन्य संस्थाहरूले आ–आफ्ना सेवा र सामाग्रीहरू सहितका स्टल राखी उपस्थित महानुभावहरूलाई आफ्ना व्यवसाय र सेवाप्रती आकर्षण गर्दै आफुहरूको निशुल्क सेवा लीन अनुरोध गरेका थिए ।
कार्यक्रमको अन्त्यमा झण्डै १ घन्टा योगगुरू दिलीपद्वारा प्रयोगात्मक बिधिद्वारा योग प्रशिक्षण संचालन गरेका थिए ।
कार्यक्रम बीचैमा आयोजकद्वारा सरप्राइजको रूपमा एसेम्बली ओमेन जेनीफर राजकुमारको जन्मदिनको उपलक्ष्यमा केक काटी जन्मदिनको मंगलमय शुभकामना प्रकट गरीँदा कार्यक्रममा छुट्टै उत्साह र रौनकता छाएको थियो भने युनाईटेड शेर्पा ऐसोसियसन युएसएका अध्यक्ष ई. श्री टेम्बा शेर्पाले शुभकामना मन्तव्य दिएका थिए भने हामी सबैको हिरो लाक्पा रिन्जी शेर्पाले आफ्नो अनुभव सुनाउँंदैं सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेद्वारा संचालित सो कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू प्रेम अधिकारी क्षेत्री, ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ तथा स्वयंसेवक हरू शेखर कार्की, राजीव वतासका साथै समाजसेवी अभियन्ता श्याम कार्की निरन्तर खटीई कार्यक्रम सफलपार्न लागिपरेका थिए भने समाजसेवी अभियन्ताहरू विरेन्द्र मानन्धर र विष्णु रानामगरको पनि उपस्थिती रहेको थियो।
कार्यक्रमको अन्त्यमा मनोरञ्जन गराउँंदै वरिष्ठ गायक आड. गेलु शेर्पाले शेर्पा गाना, राहुल महाराज र सादिया अफ्रीनले हिन्दी गानाको प्रस्तुती दिएका थिए भने यस कार्यक्रममा खानाको प्रायोजन टेष्ट अफ लाहोर र टेस्ट अफ नेपालकी प्रोप्राईटर एवं फाउन्डेशनकै कार्यसमिति सदस्य रेखा श्रेष्ठले गरेकी थिइन् ।