back

रु २८ करोडमा निर्माण गरिएको सभाहल प्रयोगविहीन

वि.सं.२०८० भदौ २५ सोमवार

339 

shares

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव रु २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो ।

सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए ।

सो सभागृह डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ ।

निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीको भनाइ छ । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए ।

सभागृहमा नौ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।

सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न चालु आर्थक वर्षमा रु २५ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी दिए । निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड– १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण सम्पन्न भएको थियो ।

वि.सं.२०८० भदौ २५ सोमवार १३:४१ मा प्रकाशित

द्वन्द्वपीडितनै जानकार छैनन् टिआरसीबारे

द्वन्द्वपीडितनै जानकार छैनन् टिआरसीबारे

युवराज पाण्डे/नेपालगञ्ज (बाँके) । सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको...

विद्यालयमा नै किशोरीहरूलाई आइरन चक्की

विद्यालयमा नै किशोरीहरूलाई आइरन चक्की

टीकापुर । किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने...

चक्कु प्रहार गरेर छोराद्वारा बुबाको हत्या

चक्कु प्रहार गरेर छोराद्वारा बुबाको हत्या

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या...

महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत...

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

अत्तरिया (कैलाली) । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन्...

यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

अछाम । उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो...