Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

बुढाथोकीको शब नेपाल फर्काउने प्रक्रिया पुरा



sita-ram-budha-thokiयुगाण्डामा मारिएका भोजपुर, सलमा गाबिस वडा न ९, केउरेनिपानी का सिताराम बुढाथोकी पोस्टबहादुरूको शब नेपाल ल्याउने प्रक्रिया पुरा भएको छ । इजिप्टस्थित नेपाली दूतावासबाट आवश्यक डकुमेन्ट आइपुगेको जानकारी दिँदै एनआरएनए युगान्डाका अध्यक्ष रमेश कंडेलले बुढाथोकीको लास नेपाल पठाउन प्रक्रिया पुरा भएको बताएका छन् ।

यसैबीच बुढाथोकीको शब नेपालसम्म पुर्याउन सम्पुर्ण खर्च कम्पनिले बेहोर्ने भएको छ । कम्पनीले क्षतिपूर्ति स्वरुप पच्चीस सय अमेरिकी डलर मृतकको आमालाई, पच्चीस सय अमेरिकी डलर मृतकको श्रीमतीलार्इ, र चार हजार अमेरिकी डलर क्रिया खर्च दिने सहमति गरेको छ । त्यस्तै मृतककी श्रीमती र छोरीलाई एकतर्फी टिकट तथा नेपाल छोड्न आउने ब्यक्तिको दुईतर्फी टिकट र एकहजार अमेरिकी डलर खर्च दिने भएको छ । त्यसैगरी छोरिको नाममा दस हजार अमेरिकी डलर दस बर्षको लागि मुद्दती खातामा रहने गरि प्रतिबद्धता जाहेर गरेको छ ।

एनआरएनए युगाण्डाका अध्यक्ष कंडेल बुढाथोकीको हत्या लगत्तै उनको लास नेपाल पठाउन तथा क्षतिपूर्तिको लागि पहल गरेका थिए । उनले एनआरएनए युगाण्डाले गरेको उक्त पहलमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले इजिप्ट अवस्थित नेपाली राजदुतावासबाट मजहर ज्यु र सुदन ज्युले देखाएको सहकार्य प्रति आभार व्यक्त गरेका छन् । कम्पनीको तर्फबाट शब तथा क्षतिपूर्तिको माग राख्न सक्रिय भूमिका खेल्दै परिवारलाई पनि घटना दिनबाटै संरक्षण दिइ राख्नुभएको भन्दै अध्यक्ष कंडेलले सचीव राजमणी भन्डारी तथा घटना घटेको दिन देखि साथ नछोडी सक्रिय भुमिका खेल्नु हुने सगुन पङगेनिलाई पनि आभार व्यक्त गरेका छन् ।

त्यस्तै नेपाल कन्सुलरमा सम्पर्क बढाइ नेपालको प्रक्रियामा परिवार संग साथमा रहि सहयोग पुर्याउनु हुने उमेश कटुवाल, कम्पनीसंग बैठक बसि बुढाथोकीको तर्फबाट मागलाई निर्णायक भुमिकामा पुर्याउनु हुने संस्थाका उपाध्यक्ष इश्वरी बश्याल र अन्तर्राष्ट्रियस्तर तथा मिडियामा सहकार्य गराउनुहुने हिक्मत थापापति पनि हार्दिक आभार व्यक्त गरेका छन् ।
बुढाथोकीे २१ जुलाईमा कम्पनी कामदारबीच झगडा हुँदा झडपमा मारिएका हुन् । १४ वर्ष देखि युगान्डामा कार्यरत रहँदै आएका मृतक बुढाथोकी सो कम्पनीमा भने चार वर्ष देखि काम गर्दै आएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्