
काठमाडौं । मंगलबारबाट नाडा अटो शो-२०२३ भव्य उद्घाटनका बिच सुरु भएको छ । काठमााडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शोका लागि प्रदर्शनी स्थल साँघुरो भएको व्यवसायीहरुको गुनासो छ । साँघुरो प्रदर्शनीस्थललाई मध्यनजर गर्दै अगन्तुकहरुका लागि अयोजकले प्रदर्शनी स्थल बाहिर विभिन्न ठाउँमा पार्किङ्को व्यवस्था गरेको जनाएको छ ।
आयोजकका अनुसार दुइपाङ्ग्रे सवारीका लागि प्रदर्शनी स्थलमा नै पार्किङको व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि काठमाडौ मलमा रहेको पार्किङ स्थल, संकटामा रहेको नेपाल आर्मिले सन्चालन गरेको कम्प्लेक्स तथा पुरानो बसपार्कमा रहेको निर्माणाधिन काठमाडौं भ्यूटावरमा पार्किङको व्यवस्था गरिएको छ ।
प्रदर्शनीको अवलोकन गर्न आउने आगन्तुकहरुकालागि निःशुल्क सटल बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ती सटल बसहरुले प्रदर्शनीको अवधिभरी नै अगन्तुकहरुर्ला सेवा सेवा दिने आयोजकले जनाएको छ ।