back

सवारीसाधनको प्रदर्शनी ‘नाडा अटो शो-२०२३’ सुरु

वि.सं.२०८० भदौ २६ मंगलवार

429 

shares
NTC AD

काठमाडौं । काडमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो-२०२३’ मंगलबार भव्य उद्घाटन भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ वर्षपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १५ औं नाडा अटो शोको उद्घाटन गरेका हुन् । अटो शो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै

अर्थमन्त्री महतले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको दाबी गरे । उनले सरकारले गरेका प्रयासहरुको प्रभावले आर्थिक गतिशीलतामा देखिएको समस्या समाधान हुँदै गएको पनि बताए । अर्थमन्त्री डा. महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भूमिका हुने बताए ।

‘आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएकाले अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भनेर डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् । पर्यटक आगमन बढेको छ,’ अर्थमन्त्री डा।महतले भने, ‘लामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ । पक्कैपनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’

त्यसैगरी, नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले सवारी साधनको आयातमा प्रतिबन्ध लगाएपछि गत वर्ष विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरेको बताउँदै अटो क्षेत्र मैत्री नीतिहरुको खाँचो रहेको बताए । अध्यक्ष थापाले अहिले अटो क्षेत्र आयातमा मात्रै सिमित नरहेर देशभित्रै एसेम्बल गर्नेतर्फ अग्रसर रहेको भन्दै यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । दुई पांग्रे, चारपांग्रे सवारीदेखि ब्याट्रीसम्म देशभित्रै उत्पादन भइरहेको अध्यक्ष थापाको भनाइ थियो । अध्यक्ष थापाले सरकारले विद्युतीय गाडीमा कर बढाएर आफ्नै नीति विपरीत कार्य गरेको भन्दै सवारी साधन किन्दा दिइने कर्जालाई पनि कसिलो गरिएकोमा असन्तुष्टि जनाए । ‘हायरपर्चेज कर्जा सहज बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मतलाई सरकारले नसु्नेको गुनासो गरे । सधैं माग राख्ने वर्गका रुपमा निजी क्षेत्रलाई हेरिएको आरोप लगाउँदै उनले सरकारकै निकायबीच समन्वय नहुँदा निजी क्षेत्र प्रताडित हुन परेको बताए ।

त्यसैगरी कार्यक्रममा नाडा अटो शो-२०२३ का संयोजक अनुप बरालले यस नाडा आटो शोमा नेपालमै बनेको सामग्रीहरुको पनि प्रदर्शनी हुने भएकाले नेपाली बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वाश लिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपालको अर्थतन्त्र खस्किरहेको अवस्थामा नाडा अटो शोले उद्योग व्यवसाय प्रवर्दन हुने बताए । उनले नेपालमा नियामक निकायले पटक पटक दुख दिने गरेको वताए । उनले सरकार र निजी क्षेत्रले चाहे पनि नियामक निकाय अस्थिर हुँदा उद्योग व्यवसाय सलबलाएको बताउदै नियामक निकायलाई नियन्त्रण गर्न अर्थमन्त्रीसँग आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि नियामक निकयका कारण उद्योगी व्यवसायीहरुले व्यवसायबाट हात धुनु पर्ने अवस्था आएको बताए ।

नाडाको उद्घाटनमा नेपाल राष्ट्र बैंक व्यवसायीको तारो

आजबाट उद्घाटन भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक व्यवसायीहरुको तारो बनेको छ । अर्थमन्त्रीको उपस्थितिमा रहेको कार्यक्रममा व्यवसायीहरुले राष्ट्र बैंकको आलोचना गरेका हुन् । व्यवसायीहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकले बारम्बार दुख दिने गरेको गुनासो गरे । उनीहरुले बजेटको मर्म विरुद्ध मौद्रि नीति आएको भन्दै मौद्रिक नीति व्यवसायीको अपेक्षा भन्दा फरक हुनेगरि आएको बताए ।

व्यवसायीहरुले सेयबजार, हायरपर्चेज र रियल स्टेटमा गरिने लगानीको व्यवस्था खुकुलो बनाउनु पर्ने माग समेत गरे ।

वि.सं.२०८० भदौ २६ मंगलवार १७:२९ मा प्रकाशित

ADBL AD
ज्योति विकास बैंकका ग्राहकहरुलाई निःशुल्क “फण्ड ट्रान्सफर” सुविधा

ज्योति विकास बैंकका ग्राहकहरुलाई निःशुल्क “फण्ड ट्रान्सफर” सुविधा

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुका लागि निःशुल्क “फण्ड...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

एभरेष्ट बैंकद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन

  काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...