नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त सदस्य दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी लि., जमल, काठमाडौले पूजी बजारको सम्भावना बोकेको नगरी चितवन कै मुटु शहिदचोक, नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियावाट सम्पन्न भयो । कार्यक्रम उदघाटन पूर्व नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया ज्यूवाट लगानीकर्ताहरु संगको अन्तरक्रिया कार्यकममा सहभागी भै पूँजी बजार सम्बन्धी उठेका जिज्ञासाहरुको वारेमा जानकारी समेत दिनु भएको थियो । साथै उक्त कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपाल लि. का प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।