Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

झारखण्डमा फेरि दुर्घटनामा ८ को मृत्यु ४० घाइते



११ बैशाख, नयाँ दिल्ली  । पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ ।
उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ ।
स्थानीय एक बिबाह उत्सव मनाउन गै रहेका निम्तालुहरु सो दुर्घटनामा परेका छन् । गर्मीका कारण केही यात्रुहरु बसको छतमा बसी यात्रा गरिरहेका र बस निकै तेज गतिमा दौडाइएको थियो ।
तेज गतिमा कुदिरहेको बसका चालकले गन्तब्य पुग्नुभन्दा अघि सडकमा रहेको एक खतरनाक घुम्तीमा सन्तुलन गुमाउन पुग्दा बस नै तीन बल्ड्याङ्ग खान पुगी दुर्घटनाग्रस्त भएको प्रहरी श्रोतले जनाएको छ ।
दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार गर्न ठूलो सङ्ख्यामा स्थानीय गाउँबासीहरु तथा प्रहरीहरु दौडँदै घटनास्थल पुगेका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति झारखण्ड राज्यका मुख्यमन्त्री रघुवर दासले हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्नुका साथै घाइतेहरुका शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।
मृतक र घाइते हुनेहरुका परिवारजनलाई राहत स्वरुप राज्यले आर्थिक सहयोग उपलब्ध गराउने पनि उनले आश्वासन दिएका छन् । रासस ÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु