Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन



११ बैशाख,काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म रु ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर सङ्कल भएको हो ।
सोही अनुसार राजस्व सङ्कलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा रु सात करोडसम्म विज्ञापन कर सङ्कलन हुने अनुमान कामपाको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सोही शिर्षकको करमा रु चार करोड ३६ लाख ८ सय ४३ कर सङ्कलन भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु